प्रमुख समाचार
 
खनाल पूर्वराजामाथि खनिए
 
धनगढी । एमाले अध्यक्ष झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको टेलिभिजन अन्तर्वार्ता हेरेछन्, त्यसैले सञ्चारकर्मीलाई भने, ‘सात दलले राजा बचाउ“छौ“ भनेर गरेको सम्झौता निकाल्छन् कि जस्तो लागेको थियो ।’

ज्ञानेन्द्रको अन्तर्वार्ता दिने हाउभाउ सम्झौतापत्र निकाल्ने खालको थियो । खनालले पत्रकारमाझ भने– तर त्यस्तो सम्झौता भए पो निकाल्थे, नभएको सम्झौता कहा“बाट निकाल्नु ! प्रेस चौतारी नेपाल कैलाली शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मलेनमा खनालले धार्मिक भ्रमणको नाममा देश दौडाहामा रहेका ज्ञानेन्द्र सबैभन्दा ठूलो अवसरवादी रहेको आरोप पनि लगाए ।

‘आफूलाई जनताले चाहेको भन्दै ज्ञानेन्द्रले सत्ता हत्याउने खेल खेलिरहेका छन्,’ पूर्वप्रधानमन्त्री खनालले भने ज्ञानेन्द्रले शिरदेखि तिरसम्म धमिलो पानीमा माछा मार्ने काम गर्दै छन् । खनालका अनुसार ज्ञानेन्द्र हिजो कसरी राजा भएका थिए भन्ने रहस्यमय छ त्यसरी नै फेरि पनि राजा हुने सपना देखेका होलान् त्यो कहिल्यै पूरा हु“दैन । खनाल पार्टीको सेती अञ्चलस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि धनगढी आएका हुन् । आइतबारको कार्यक्रममा उनले अधिकांश समय माओवादीकै विरोधमा खर्चिए । उनले माओवादीले कम्युनिस्टहरू राष्ट्रवादी हुन्छन् भन्ने मान्यतालाई तिलाञ्जली दिएको आरोप मात्र लगाएनन्, राष्ट्रपति हुन जनजातिलाई उचालेको र उसकै कारण संविधानसभा विघटन भएको चर्चा पनि गरे ।

सेतीका पा“चवटै जिल्ला बाजुरा, अछाम, डोटी, कैलाली र बझाङका पा“च सय नेता–कार्यकर्ताको उपस्थिति थियो । महासचिव ईश्वर पोखरेलले एमालेको जस्तो चुस्त, समावेशी र क्रियाशील संगठन कुनै पनि पार्टीको नरहेको दाबी गरे । भेलामा थारू समुदायका अगुवा कार्यकर्ता सहभागी भएनन् । जिल्ला कमिटीमा १७ जना थारू छन् । तर, कैलाली जिल्ला अध्यक्ष होरीलाल चौधरीबाहेक कसैले पनि भेलामा नआउनुको कारण बताएका छैनन् । अध्यक्ष चौधरी श्रीमतीको उपचारका क्रममा काठमाडांैमै छन् । उपाध्यक्ष हनुमान चौधरीलगायत अगुवा नेता–कार्यकर्ता नआउनुको कारण खुलेको छैन ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान