प्रमुख समाचार
 
पान चपाएर भट्टीमा थुक्ने नेतामाथि प्रहार
 
हेटौंडा । मकवानपुरका नेता यतिखेर पार्टी जोगाउने ध्याउन्नमा छन् । पुरानै घाउ भित्रभित्रै पाक्दै गर्दा नेपाली कांग्रेसको नेविसंघमा जसोतसो समस्या मिलान गरिएको छ । विवादित अर्काे संगठन तरुण दल पनि विवादको भुमरीबाट बाहिरिने प्रयासस्वरूप सुनील दाहाललाई कार्यवाहक अध्यक्ष बनाएर पुनर्गठन गरिएको छ । यसअघि देउवा कांग्रेस र कोइराला कांग्रेस मिलेदेखि नै मकवानपुरमा दुईवटा तरुण दल थियो ।

यता, तत्कालीन देशकै ठूलो पार्टी बनेको एमाओवादी पनि कार्यकर्ता ड्यास माओवादीले लैजाला भनेर जोगाउने अभियानमा छ । यो अभियानको नेतृत्व जिल्ला इन्चार्ज सोनामसिंह स्याङ्तान विजय, सह–इन्चार्ज प्रेमबहादुर पुलामी छिन्तु र सहसेक्रेटरी बलराम बलले गरिरहेका छन् । तर, यी नेतालाई ड्यासवालास“ग भन्दा पनि आºनैस“ग डराउनुपर्ने अवस्था छ । विजय बाबुरामपक्षीय सरकारी माओवादीपट्टिका हुन् भने छिन्तु र बल प्रचण्डपक्षीय हुन् । स्रोतका अनुसार यसपटक ४ नं. निर्वाचन क्षेत्रको मनहरीमा पार्टी अभियानमा पुगेका संस्थापन भनिएका यी नेताभित्रै मारामारको स्थिति आयो । बलले जसोतसो जम्मा भएका कार्यकर्तामाझ नेतृत्वले आफूलाई कार्यकर्तामाझ आउने वातावरण सिर्जना नगरेको आरोप लगाए । तत्कालीन जनमोर्चाबाट संविधानसभामा ४ नं. क्षेत्रको उम्मेदवारसमेत रहेका बलले यसो भन्नेबित्तिकै क्षेत्रीय इन्चार्ज (बाबुरामपक्ष)ले पान चपाउ“दै जहा“ पायो त्यही“ थुक्ने र अधिकांश रक्सीभट्टीमा भेटिने नेताले कार्यकर्तामाझ आउन नसक्नुमा नेतृत्वलाई दोष दिनु हास्यास्पद भन्दै हंगामा मच्चाइदिए ।

उता, अभियानकै क्रममा पालुङ पुगेका छिन्तुलाई पनि कार्यकर्ताले बहिष्कार गरेको खबर छ । उनी त्यस क्षेत्रका निर्वाचित पूर्वसभासद् हुन् । यता, जनजातिको छुट्टै पार्टी बनाउने अभियानका नाइके एमाले मकवानपुर इन्चार्ज तथा केन्द्रीय सदस्य वीरबहादुर लामाले जिल्ला प्रशिक्षणमा आएर रडाको मच्चाएका छन् । केन्द्रीय कमिटी बैठकमा समेत नजाने लामा पूर्व जाने बस छुटेपछि जिल्ला प्रशिक्षणमा अचानक आइपुगेका थिए । उनले पार्टीले जातीय सवालमा निर्णयको गलत व्याख्या गरेको भन्दै कार्यकर्तामाझ धारणा राखे । जिल्ला अध्यक्ष रामेश्वर रानाले उनको भाषणप्रति कटाक्ष गर्दै माथिका नेताले आफूलाई सिकाओस् भन्ने आशा राखेको र उल्टै लामाहरूलाई सिकाउनुपर्ने आºनो हैसियत नभए पनि बाध्यता आएको बताउ“दा कार्यकर्ता मुसुमुसु हा“सेका थिए ।

गाउ“बाट जनजाति पार्टी खोल्ने अभियान थालेका लामालाई जिल्लामा साथ दिने कार्यकर्ता भेट्न मुस्किल प¥यो । र, कार्यक्रम सकिएपछि पनि उनलाई गाली गर्नेहरूको लाइन लागेको थियो । यो अवसरलाई लामाले पार्टी कार्यालयमा आई कार्यकर्तास“ग आºनो धारणा राख्ने अन्तिम अवसर ठानिएको छ । किनकि, नया“ जनजाति पार्टी बनाएपछि एमाले कार्यालयमा आइरहनु नैतिकसम्मत नहुने तर्क कार्यकर्ताको छ । सेनामा जागिर खाएको भए कर्णेल हुन्थे“, एमालेमा रहेर के पाए“ भन्दै उनी कार्यकर्तामाझ उफ्रिएका थिए । उनी एमालेमा लागेर एकपटक जिल्ला सभापति, दुईपटक सांसद भइसकेका थिए भने झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्मा राज्यमन्त्री पाउ“दा मेरो हैसियत फुलमन्त्री हो भन्दै अस्वीकार गर्ने व्यक्ति हुन् । अशोक राई, विजय सुब्बा, रामचन्द्र झा, रघुवीर महासेठहरूले पार्टी छाड्ने धम्की दि“दा पार्टी नछाड्न दबाब दि“दै जिल्लाका युवाहरू बल्खुमा पुगेको सुनिए पनि जे कुरामा पनि लि“डेढिपी गर्ने लामालाई चाहि“ जतिसक्दो पार्टी छोडाउनुपर्छ भन्दै केही व्यक्ति बल्खु पुगेको पनि मकवानपुरमा चर्चा छ ।

यता, एमाले नगर इन्चार्ज नवीन सिग्देलको राजीनामा स्वीकृत गरिएको छ । उनको ठाउ“मा गोपाल श्रेष्ठले जिम्मेवारी पाएका छन् । उनले आफूले सक्रिय राजनीति छाडेको फेसबुकमा लेखे पनि जिल्ला कमिटी सदस्य र प्रचार विभाग प्रमुख भने कायमै छन् । ४ नं. क्षेत्रीय इन्चार्ज लालबहादुर थापा र जिल्ला सहसचिव मेम्वर लो पुन निलम्बनमा परेका छन् । पार्टी सम्पर्कमा नभएको भनिए पनि थापालाई केटीस“ग जोडेर हेरिएको छ । लो नवयुगको आर्थिक कारोबार मिलान गर्न नसकेकाले पार्टीको गिद्दे आ“खामा छन् । उद्योग व्यापार विभाग प्रमुख एकालाल श्रेष्ठको राजीनामा पनि स्वीकृत भएको छ । राजीनामा दिएका, असन्तुष्ट भएका र कारबाहीमा परेकाहरूलाई संरक्षण दिनका लागि हेटौंडामा एउटा दस्ता नै खडा भएको बुझिएको छ ।

त्यो दस्ताको काम कुनै पनि हालतमा आफू नेतृत्व लिन वा गर्न पनि नसक्ने र अरूको नेतृत्वलाई कुनै पनि हालतमा अस्वीकार गर्ने र असफल बनाउने रहेको स्रोतको भनाइ छ । त्यो दस्ताको नेतृत्व वीरबहादुर लामा आफ“ैले गरेका थिए । अनेरास्ववियु अञ्चल कमिटीको विवादमा लामाले खुलेर पार्टी नेतृत्वलाई असहयोग गरे । अहिले त्यो दस्तालाई अघि बढाउनका लागि पुनः केही हनुमान जन्मेको बुझिएको छ । आगामी भदौ २२ र २३ गतेको जिल्ला अधिवेशनले अघोषित गुटबन्दी गर्ने र बेहैसियतकाहरूलाई गुटको आधारमा मिलान गर्ने कामको फरफारक गर्नेछ । जातीय अतिवादलाई पनि अधिवेशनले नै परास्त गर्नुपर्ने तर्क कार्यकर्ताको छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान