तानसेन । शिक्षाको ऐतिहासिक पृष्ठभूमि बोकेको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस संकट र विघटनको संघारमा पुगेको छ । सहप्राध्यापक डा. नेत्रप्रसाद न्यौपानेले जनतास“गको सम्बन्ध घट्ने, यो हाम्रो हो र यसस“ग नजिकको नाता छ भन्ने भावना जगाउन नसक्दा समस्या बढ्दै गएको बताए । भने, ‘विद्यार्थी संख्या घट्नु, प्राध्यापक अन्य संस्थामा संलग्न हुनु, शैक्षिक गुणस्तर विगतको सापेक्षतामा कमजोर बन्नु क्याम्पसको वर्तमान र भविष्य राम्रो नदेखिनु यसका कारण हुन् ।’ कुनै बेला ४÷५ हजार विद्यार्थीले अध्ययन गर्ने यो क्याम्पसमा हाल १ हजार २ सय ७२ जना मात्र छन् । प्राध्यापक विद्यार्थीको अनुपात १ दशमलव ११ रहेको भए तापनि प्रशासनिक कर्मचारी संख्या ५९ छ ।
सरोकारवालाले १ किलोमिटरको अन्तरमा उही विषयका ३÷४ वटा क्याम्पस खोल्ने स्वीकृति दिएर क्याम्पस प्रमुखसहित पदाधिकारी निजी क्याम्पसमा संलग्न भएकाले संकटमा फसेको बताएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले कानुनले दिएका अधिकार प्रयोग गर्ने नाममा प्राध्यापकहरू कर्तव्यच्यूत हुन पाइन्न भने ।
अनेरास्ववियु छैटौ“का केन्द्रीय अध्यक्ष तथा पूर्वविद्यार्थी अनिलकिशोर घिमिरेले प्राध्यापकलाई तीन पिरियड दिनुको अर्थ अन्त पढाउन जान होइन, अध्ययन र अनुसन्धानमूलक कार्यका लागि हो, हेल्मेट बोकेर असिनपसिन हु“दै तल–माथि पढाउन दगुर्न होइन भने । उनले १ किलोमिटरको दूरीमा क्याम्पस खोल्न किन दिइयो भन्दै नाफा र बोनस खोज्ने हो भने बिस्कुट फ्याक्ट्री खोल्न सुझाव दिए । स्नातक तहमा अध्ययनरत विद्यार्थी शंकर भट्टराईले विद्यार्थीले हल्ला ग¥यो भनेर प्राध्यापक नियन्त्रण नगरी बाहिर निस्कन्छन्, कोर्स सकिन्न, कसरी परीक्षा दिने ? प्रश्न गरे । पत्रकार झपेन्द्र गैरेले क्याम्पस विद्यार्थीले बचाएका हुन् प्राध्यापकले होइन भन्दै प्राध्यापक त पैसा खोज्दै बाहिर–बाहिर दौडिरहेका छन् भने ।
सरकारी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह खारेज गरेपछि विद्यार्थी अनुपात स्वतः घटेको छ । तर, तानसेन बहुमुखी क्याम्पसमा ७ सय ५०, मिलेनियम क्याम्पसमा ५ सय ४६, जेभिटी कलेमा ६ सय ४३, श्रीनगर इन्टिग्रेटेड कलेजमा १ सय ४० विद्यार्थी स्नातक र स्नातकोत्तर अध्ययनरत छन् । विद्यार्थी घट्नुमा क्याम्पस प्रमुखदेखि पदाधिकारी जिम्मेवार रहेको विचार विद्यार्थी नेता रेशम क“डेलले व्यक्त गरे । एमाओवादी नेता नेत्र पाण्डेले भर्ना हुन गेटमा आएका विद्यार्थीलाई घचेटेर प्राध्यापकले अर्को ठाउ“मा लैजान्छन् भने । उनले क्याम्पसमा नपढाउने र बानी नसुधार्ने हो भने छोड्न आग्रह गर्दै भने, ‘आवश्यक परे हामी एसएलसी र आइए पढेकाले विकल्प खोजेर यो क्याम्पस चलाउ“छौ“ ।’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष सोमकुमार कार्कीले भने, ‘सबै कुरा ऐन, कानुन र ठेलीमा खोजेर हुन्न । १० जोर सुट छ भन्दैमा एकदिनमा सबै सुट फेर्न मिल्दैन । प्राध्यापकले क्याम्पस फेरि–फेरि पढाएर आफैस“ग प्रतिस्पर्धा गर्दै छन् ।
कहिल्यै आफ्नो आफै“स“ग प्रतिस्पर्धा हुन्छ ? विवेकको बिक्री नगरौ“ ।’ नेकपा एमालेका अध्यक्ष यादवबहादुर रायमाझीले अन्तरक्रिया देखाउनका लागि कि सुधारका लागि ? सोध्ने शैलीमा भने, ‘कार्यपत्र कसको ? डाक्टरको कि क्याम्पसको ? क्याम्पसको भए टिप्पणीकार बाहिरबाट किन नराखेको ? चिरफारै नगरी कसरी उपचार गर्ने ?’ स्थानीय बुद्धिजीवी निर्मल श्रेष्ठले क्याम्पस फोर्टिफिकेसन भएको छ, चौकिल्ला घेरिएको छ । मेरा बाजेले घ्यू खाए मेरा हात सु“घ भनेर हुन्न, आजको शैक्षिक संस्था टिक्दैन भने । क्याम्पसले करिब नौ वर्षपछि यस्तो अन्तरक्रिया कार्यक्रम गरेकाले मध्याह्न १२ बजेको कार्यक्रममा सा“झ ८ बज्दासम्म सरोकारवालाले चिन्ता र चासो व्यक्त गरिरहेका थिए ।
प्रमुख जिल्ला अधिकारी टीकाराम घिमिरेले अन्तक्र्रियामा आएका महŒवपूर्ण सुझावलाई लिपिबद्ध गरेर कार्यान्वयन गर्नुपर्ने बताए । भने, ‘राज्यको स्रोत खाएका कसैले पनि झुलेर खान पाइन्न ।’ पाल्पाको यति ठूलो जमघट भएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज शर्माले आफू भागबन्डामा परेर आएको बताए । उनले आफू ०४२ सालयता कांग्रेसमा संलग्न रहेको, अहिले पार्टीको जिल्ला सदस्य भएको उल्लेख गर्दै राजीनामा नदिएको जानकारी दिए । शर्माले आफूले २३ वर्ष यो क्याम्पसमा पढाउ“दा नचिनिएको बरु मिलेनियम खोलेका कारण सबैस“ग चिनिएको हु“ भने । अन्तरक्रिया कार्यक्रममा चियाबाहेक अरू खर्च क्याम्पसको नरहेको र सबै खर्च मागेको बताइएको छ ।