समाचार अपडेट
 
होशियार, बच्चा लैजालान् !
– गणेश लम्सालबाट
 
विराटनगर । यौन पेसाका लागि नेपाली चेलीबेटीहरूको तस्करी गर्दै आएका मानव तस्करले अब मानव अंग मिर्गाला झिक्न नेपाली बालबालिका तस्करी गर्न थालेका छन् । बालबालिकाको मिर्गाला निरोगी हुने भएकाले मह“गो मूल्यमा बेच्न सकिने भन्दै बालबालिका तस्करी गर्न थालिएको हो । तस्करले भरपर्दो सञ्जाल विस्तार गरेर एजेन्टमार्फत १० देखि १५ वर्षका बालबालिका तस्करी गराउने गरेको पाइएको छ ।

१९ असारमा मोरङको टंकीसिनवारी–२ बाट १० वर्षीया श्रेष्ठ थरकी बालिकालाई अपहरण गरेर लान खोज्दै गर्दा स्थानीयवासीको सहयोगमा प्रहरीले सुनसरीको दुहवी बजारका ३९ वर्षीय दीपक झा र ३५ वर्षीया सरिता झालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले मिर्गाैला झिक्नकै लागि बालबालिका अपहरण गरेर लैजान खोजेको खुलेको हो । दलालहरूले अपहरण गरेर लगिएका बालबालिका भारतीयमूलका दलाललाई जिम्मा लगाउने र उसले मिर्गाैला तस्करीमा संलग्न चिकित्सकलाई बुझाउने गरेका छन् । दलालले बालबालिकालाई बिहारस्थित सुर्पौल जिल्लाको ललितगन्ज पु¥याउने गरेका छन् ।

पक्राउ परेका सरिता र दीपकले बालबालिका विनोद यादवलाई जिम्मा लगाउने योजना रहेको वयान दिएका छन् । उनीहरूले एकजना बालबालिका भारत पु¥याएबापत ४० हजार रुपैया“ पाउने गरेको बताए । दुवैको मूल घर सुपौल हो । दीपक २० वर्षदेखि नेपाल बस्दै आएका थिए । ललितगन्ज माइती भएकी सरिता ५ वर्षदेखि नेपाल बस्दै आएकी थिइन् । दुवैले नेपालबाट सकेसम्म धेरै बालबालिका मिर्गौला झिक्न भारत पु¥याउने योजना बनाएको तर पहिलोपटकमै पक्राउ परेको प्रहरीलाई बताएका छन् । यसैबीच जिल्ला प्रहरी मोरङमा भारत पन्जावका एक २३ वर्षे युवाले आफूलाई अपहरण गरिएको तर राजमार्गमा प्रहरीले गर्ने नियमित चेकजा“चले गर्दा ज्यान जोगाउन सफल भएको बताएका छन् । क्यानाडामा रोजगारीका लागि पठाइदिने बहानामा पन्जावबाट अपहरण गरी रहस्यमय तरिकाले नेपाल ल्याइएको भनिएका मन्दीप सिंहले पूर्व–पश्चिम राजमार्गमा चेकिङ देखेपछि भाग्न आफू सफल भएको बताएका हुन् ।

का“कडभिट्टा पश्चिमतर्फ आइरहेको जिप आइतबार बिहान मोरङको शनिश्चरे–१ मा प्रहरीको चेकिङ देखेपछि घुमेर जान लागेको थियो । त्यही बेला जिपमा सवार एक युवक आफूलाई बचाउन आग्रह गर्दै जबर्जस्ती ढोका खोलेर भागेका थिए । ड्युटीमा रहको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर केशव भट्टराईको टोलीले तत्काल चसो दिएपछि अपहरणकारी मन्दीपलाई छाडेर फरार भए । ‘उनीहरूले पैसा असुलिसकेपछि मलाई जंगलमा मारेर फाल्ने र मिर्गाैला निकालेर लाने योजना बनाएका थिए तर प्रहरी देखेपछि मलाई हिम्मत आएकाले भाग्न सक“े र बा“चे“,’ आफू बा“च्न सफल भएकोमा प्रहरीको प्रशंसा गर्दै मन्दीपले भने । मन्दीप कपुरथला जिल्लाको नङलावासी हुन् । उनी महिनाको ७ लाख कमाउन पा“च वर्षका लागि क्यानाडा जान लागेका थिए । उनलाई गाउ“कै चिनजानको व्यक्ति ३५ वर्षको रञ्जित सिंहले क्यानाडा पठाइदिने चा“जोपा“जो मिलाएको उनको भनाइ छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान