साप्ताहिक समाचार
 
उल्टो चलन आयो बरिलै
 
काठमाडौं । सामान्यतया राम्रो ठाउ“मा सरुवा र माथिल्लो नम्बरको बढुवाका लागि नेता र मन्त्रीको दैलो धाउने चलन छ । तर, यो नियमले सधै“ काम नगर्ने रहेछ । कहिलेकाही“ ठीक विपरीत पनि बनिदि“दो रहेछ । प्रधानमन्त्री बाबुराम भट्टराईलाई ब्राजिलतर्फ बिदाइको हात हल्लाउ“दै एयरपोर्टको अति विशिष्ट कक्षबाट निस्किएको भिआइपीको गाडी एकजना डिआइजीको सुकेधारास्थित घरनिर पुगेर रोकियो, गाडीबाट निस्किए गृहमन्त्री विजयकुमार गच्छदार ।

प्रसंग नेपाल प्रहरीका डिआइजी र एआइजीको सरुवाको हो, जसलाई अहिले निर्वाचन आयोगले टुहुरो बनाइदिएको छ । गृह मन्त्रालय हु“दै निर्वाचन आयोग पुगेको लिस्टमा लागुऔषधका यादव अधिकारीको नाम प्रबन्ध अर्थात् खरिद–बिक्री महाशाखा इन्चार्जका रूपमा प्रस्तावित छ । यो त्यस्तो ‘मालदार’ ठाउ“ हो, जहा“ बस्नेले कसैस“ग कुनै बार्गेनिङ नगरी विवादमा नआईकनै खुरुखुरु आइजीको भन्दा केही कम हिस्सा गोजीमा पार्छ । यो ठाउ“मा तोकिएको अधिकारीको नाम रातारात बदलियो र अन्तै पठाइने निर्णय भयो । यादवको नाम प्रबन्धबाट बदलेर मध्यक्षेत्र (हेटौंडा) तोकियो । मध्यक्षेत्रअन्तर्गत तातोपानी, केरुङ, वीरगन्जजस्ता नाका पर्छन् । सिंगो देशको निम्ति फौजको सामान खरिद हेर्ने विभाग छाडेर कोही–कसैले किन एउटा क्षेत्र रोज्छ ?

कारण सहज र स्पष्ट छ, त्यो क्षेत्र प्रबन्धभन्दा मालदार हो । मध्यक्षेत्र त्यही क्षेत्र हो जहा“बाट दक्षिणतिरको रक्तचन्दन सहजै उत्तरतिर छिराउन सकिन्छ, जसबापत गतिलै द्रव्य दक्षिणा मिल्छ । मध्यक्षेत्रका निम्ति विज्ञानराज शर्माको नाम प्रस्तावित थियो, निर्वाचन आयोगलाई प्राप्त सरुवा सूचीमा पनि त्यही उल्लेख छ । रातारात विज्ञानको नाममा टिपेक्स दलियो र उनलाई मध्यपश्चिमको एउटा कुना सुर्खेततिर खेदियो । रातारात यस्तो किन भयो होला ? कसको योजनामा यो सबै भयो होला ? जानकारहरू भन्छन्– यो सब तिकडम र जालसाझी यादवले नै त गरेनन् तर उनको नाममा अदृश्य लगानी गर्नेहरूले त्यस्तो गरेकामा दुईमत छैन । त्यस्तो लगानी गर्ने अदृश्य खेलाडीले त्यसबाट पछि अवश्य लगानी उठाउँछ ।

यसबाट के पनि पुष्टि हुन्छ भने नेपालको कर्मचारीतन्त्रमा अझ पनि संकटकालीन सैनिक ह्याङओभर बा“की छ । नेपाल प्रहरीको सरुवा–बढुवालाई रोक लगाउने त्यही निर्वाचन आयोग हो जो सेनाका जर्नेल र कर्णेलको गत साताको बढुवामा भने आश्चर्यजनक ढंगले मौनता सा“चेर बसेको छ । उता, शाहीशासनपछि डाइभर्ट भएको ७.२ मिलियन पाउन्ड अर्थात् नेपाली एक अर्ब रुपैया“ नेपाल प्रहरीले फिर्ता पाएको छ । प्राप्त रकमबाट नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि आवश्यक उपकरण खरिद गर्नेछ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान