साप्ताहिक समाचार
 
दुबईतिर तारा दम्पच
 
काठमाडौं । ‘जता काफल पाक्यो, त्यतै चरी नाच्यो’ भनेजस्तो पत्नीहत्याका अभियुक्त सशस्त्र डिआइजी रञ्जन कोइरालालाई त्यस्तो कसुरका लागि प्रेरित गर्ने महिला तारा रेग्मी अहिले अर्का ‘पति’ को साथमा संयुक्त अरब इमिरेट्सस्थित देहेरा दुबईमा बस्न थालेकी छन् । उनलाई पुनरावेदन अदालत पाटनले गत असार ७ गते ‘थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु’ भनी आदेश दिएलगत्तै दिल्ली एयरपोर्टबाट दुई साताअघि दुबई पुगेकी हुन् ।

रञ्जनसँग चिनजान हुनुअघि नै बंगलादेशी नागरिक दिदार चौधरीसँग तारा दुबईमा सँगै बस्ने गरेकी थिइन् । नेपालमा विभिन्न काण्ड लागी भागेर दुबई गएका बेला उनी दिदारसँग बसेकी हुन् । पछि ओभरस्टेका कारण भिसा एक्स्पायर भयो र दुबईमा कालोसूचीमा पर्नाले जान सकेकी थिइनन् । नेपाल फर्किएपछि रञ्जनसँग उनको मित्रतामात्रै गाँसिएन पतिपत्नीकै रुपमा बस्न थालिन् । अहिले दुःखमा परेपछि फेरि साथ दिने ‘पति’ दिदारको दुबईमा नेशनल म्यानेजमेन्ट सिबिएलएलसी नामक कम्पनी छ । प्रहरी भनेपछि निक्कै डराउने दिदारले तारालाई राखेको देहेरा दुबईको फल्याट नजिकै ‘क्लक टावर पुलिस स्टेशन’ छ । रञ्जनपत्नी गीताको हत्यामा मतियारका रुपमा संलग्न भएको तथ्य हुँदाहुँदै काठमाडौं जिल्ला अदालतले गत फागुन १४ मा तारालाई तारेखमा छाडेको थियो ।

तर, उनी पूर्णतः निर्दोष छिन् भनी अनुमान गर्नु स्वभाविक नभएको जिकिर गर्दै पुनरावेदन अदालत, पाटनका न्यायाधीशहरु टीकाबहादुर हमाल र प्रकाशचन्द्र गजुरेलको संयुक्त इजलाशले थुनामा राख्न आदेश दिएको हो । पुनरावेदनको आदेश आउनुअघिसम्म उनी रञ्जनलाई राखिएको डिल्लीबजारस्थित सदरखोर र अदालती कामका लागि आफैं दौडधुपमा हुन्थिन् । तारा दुबई भागेपछि उनको ललितपुरस्थित रेडरोज ओभरसिजका सेकेन्डम्यान (पुरुष) रञ्जनको बाहिरी काममा हिँड्ने गरेका छन् । अदालतमा ताराको पक्षमा साक्षीका रुपमा बयान दिन गएका पार्वती खड्कालगायतका महिला भने गुपचुप छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान