नोट अफ डिसेन्ट
 
अन्ततः एउटा रहस्यको अनावरण
– कमल कोइराला
 
भारत सरकारले माओवादीलाई आतंकवादी भनिसकेपछि भएको एक भेटमा नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अटलविहारी बाजपेयीलाई भन्नुभयो, ‘प्रचण्डहरूलाई पक्रिदिनोस् ।’ उनले भनेछन्, ‘अच्छा, वह लोग इधर हि रहते है !’ अहिले आएर के कुरा प्रस्ट भयो भने २००२ जुनमा माओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुरामले उनै अटलबिहारीसमक्ष हामी भारतीय स्वार्थविपरीत कुनै काम गर्ने छैनौ“ भनी संयुक्त हस्ताक्षर गरिदिनुभएको रहेछ । त्यसअघि ४ नोभेम्बर २००१ को ‘दि टाइम्स अफ इन्डिया’मा एसएनएम अब्दीले ‘पावर प्ले’ शीर्षकअन्तर्गत लेखेका थिए, ‘प्रचण्ड १६ वटा एके ४७ राइफल बोकेका गार्डहरूको सुरक्षामा हिडडुल गर्छन् ।

भैसीको दुहु“दादुहु“दैको का“चो दूध दुई ग्लास प्रत्येक बिहान पिउने उनको बानी छ ।’ अब्दीले यो पनि लेखेका थिए, ‘प्रचण्डको विचारमा चा“डै भारतीय सेना नेपाल जानेछ । त्यसबेला तिनीहरूबाट ठूलो मात्रामा हतियार लुट्न पाइनेछ । यो हाम्रो राष्ट्रिय स्वाधीनता संग्राम हुनेछ ।’ त्यो पढेर मलाई लाग्यो– प्रचण्डको भारतीय सेनालाई नेपालमा घुसाउने इच्छाको परिणाम कति भयावह होला ! त्यसको दुई वर्षपछि काठमाडौंबाट भारतीय पत्रकार सुदेशना सरकारले दि स्टेट्सम्यानमा लेखिन् कि भारतीय सेना नेपाल आउने कुरा माओवादी नेताहरूले कैयौ“पटक भनेका छन् ।

एकपटक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र परराष्ट्रमन्त्री चक्र बा“स्तोला चीन सरकारको निमन्त्रणामा बेइजिङ जानुभएको थियो तर एउटा मित्रराष्ट्रको निम्तो सक्नासाथ परम्पराविपरीत पहिले घोषित नै नगरिएको काम गर्नुभयो– नेपाल नटेकी सोझै नया“दिल्ली गएर । किन यस्तो गैरकूटनीतिक काम हुन गयो, त्यसबारे अब गिरिजाप्रसादको रिक्ततामा चक्र बा“स्तोलास“ग पत्रकारले सोधे धेरै कुरो थाहा हुनेछ । युवराज घिमिरेले अंग्रेजी साप्ताहिक ‘द रिपोर्टर’मा जुन २००२ को एकदिन प्रचण्ड र डा. बाबुरामले भारतीय प्रधानमन्त्री कार्यालयमा एउटा पत्र बुझाएको र त्यसपछि ‘रअ’, आइबी इत्यादिस“ग बराबर भारतमा रह“दा भेटघाट भएको कुरा एसडी मुनीको ‘नेपाल इन ट्रान्जिसन’ नामक पुस्तकमा प्रकाशित लेख ‘माओवादीलाई पहाडबाट तल झार्ने काम ः भारतको भूमिका’ शीर्षक लेखबाट उद्धृत गर्नुभएको छ ।

नेपालमा राजदूत रहिसकेका केभी राजनले पनि पूर्वविदेशसचिव जेएन दीक्षित सम्पादित एक्स्टर्नल अफेयर्स एन्ड क्रस बोर्डर रिलेसन्स’ नामक लेख संगालोमा लेखेका थिए– माओवादी नेतालाई भारतमा आउन–जान स्वतन्त्रता दिनुको कुनै औचित्य हामी बताउन सक्दैनौ“ । वास्तवमा आफै“द्वारा सबैभन्दा पहिले आतंकवादी घोषित शक्तिलाई भारत सरकारले दिएको यस्तो छुट त्यसबखत स्वयं भारतीयलाई रहस्यमय लागिरहेको थियो । भारतीय पत्रकार स्वपनदास गुप्ताले मई २९, २००५ मा पायोनियरमा स्पष्टस“ग लेखेका थिए– यो भारत सरकारको छिमेकी मित्रराष्ट्रविरुद्ध छद्मयुद्ध (कोभर्ट वार) हो, यसबाट हाम्रो परराष्ट्र मन्त्रालय र गुप्तचर विभागका टाउकेहरूले एकै झट्कामा परराष्ट्र नीतिका नैतिक मान्यता समाप्त पारिदिएका छन् । हामी पनि आतंकवादीलाई पाकिस्तानले झै“ देशभक्त भन्दै पालनपोषण गर्दै छौ“ ।

एक समय प्रधानमन्त्री भइसकेका बिपी कोइराला र पछि प्रधानमन्त्री भएका जिपी कोइरालालाई नेपालमा सशस्त्र गतिविधि गर्नासाथ सारनाथ र वाराणसी छाड्न नपाउने तथा भरतशमशेरले कोलकाता सहरबाहिर टेक्न नपाउनेगरी सीमारेखा तोकिएको थियो । भारत सरकारस“ग पूर्व अनुमति लिएर नेपालको सिमानाभन्दा कमसेकम एक सय किलोमिटर परसम्म मात्र जान पाइनेगरी उहा“हरूमाथि बन्देज थियो तर माओवादी नेताहरूको हकमा भने यस्तो कुनै अड्चन थिएन । जुन २००२ भन्दा एक वर्षअघि जुन २००१ मा डा. बाबुरामले कान्तिपुरको एउटा लेखमा राजा वीरेन्द्रको वंशनाश भारतको ‘रअ’ र अमेरिकाको सिआइएले गरेको भनी लेख्नुभएको थियो । आज एसडी मुनीको लेख पढेपछि यो स्पस्ट भयो कि उहा“हरू त ढोङ, फरेब र पाखण्डमा ठूला खलनायक पो हुनुहु“दो रहेछ । अझ ‘अच्छा वह लोग इधर ही रहते है !’ भन्ने अटलबिहारी बाजपेयी, जसलाई ‘रअ’ले सीधै रिपोर्ट गर्नुपर्छ, लाई माओवादी नेताहरू साढे आठ वर्षसम्म आफ्नो देशमा बसेको जानकारी नै रहेनछ !

जतिबेला प्रचण्ड र बाबुराम भारतीय प्रधानमन्त्री कार्यालयमा कागज लेखिराख्नुभएको थियो, त्यसैबखत नेपाली सेनामाथि दाङ र अन्यत्र आक्रमणको कमान्ड पनि स“गस“गै गर्दै हुनुहुन्थ्यो । आफ्नो यस्तो गुप्त काममा स“गै रहेका व्यक्तिलाई भारतपरस्त भन्दै कारबाही गरेर पानीमाथिको ओभानो देखिने प्रचण्ड प्रयास सम्झ“दा कहिलेकाही“ त साह्रै विचित्र लाग्छ । सन् २००५ मा नेपाली सेनाले प्रचण्डको स्याटेलाइट फोन टेप गरेर यो कुरा पत्रकारमाझ छताछुल्ल पा¥यो कि प्रचण्डले डा. बाबुरामलाई रोल्पाको हिरासतबाट निकालेर भारत झिकाउ“दै छन् । त्यसबखत काठमाडौंस्थित भारतीय दूतावासले यसमा मौन रहनुको साटो सो कुराको खण्डन गर्दै विज्ञप्ति निकालेको थियो तर त्यसको चार÷पा“च दिनपछि नै दि टाइम्स अफ इन्डियाले २६ मई २००५ को प्रथम पृष्ठमा हेडलाइन छाप्यो कि भारतीय जासुसले डा. बाबुरामलाई दिल्लीमा भेटघाट गराइराखेका छन् ।

आज जुन सरकार छ, त्यो कसले बनायो र कसले टिकाइराखेको छ, सबैलाई छर्लंग छ । के प्रचण्ड र बाबुरामले सोचेका थिए कि अरूले होइन, कुनै दिन आफ्नै पुस्तक विमोचन गर्ने एसडी मुनीले समेत उनीहरूको रहस्योद्घाटन गर्नेछन् ?

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान