जीवनको रंग
 
घास हाल्दै न्युरोडतिर घमासान
 
मित्रता जतिसुकै घनिष्ट भए पनि हरेक क्षेत्रमा केटीकै कारण चिसोपना आउने गर्छ । अरू क्षेत्रजस्तै चलचित्र क्षेत्र पनि यो रोगबाट अछुतो छैन । चलचित्र क्षेत्रमा दिनेश डिसी निर्माता–निर्देशकका रूपमा परिचित छन् र सुनील मानन्धर निर्देशक–वितरकका रूपमा । यी दुईबीचको मित्रता निकै घनिष्ट पनि मानिन्छ । अहिले सुनीलको लगानीमा मायाज् बार नामक चलचित्र बजारमा आउदै छ, जसको निर्देशन दिनेश डिसीले गरेका छन् । यही चलचित्रको स्टिकर, पोस्टर बनाउने क्रममा नायिका निशा अधिकारी हावी हु“दा दिनेश र सुनीलको सम्बन्धमा चिसोपना आएको छ तर असर स्वरूप केही देखिने खालको घटना भने भइसकेको छैन ।

नया“ जीवनशैलीलाई आधार मानेर बनाइएको भनिएको मायाज् बार नामक चलचित्रको पोस्टर र स्टिकर बनाउने क्रममा दिनेश डिसीले पटक–पटक अनेकौ“ डिजाइन गरे तर ती कुनै पनि निशालाई मन परेन र उनी आफैले डिजाइन गरेर सुनीललाई देखाइन् । दिनेशका डिजाइन बदर भई निशाको एउटै डिजाइन सदर भएपछि दिनेश र सुनीलको सम्बन्धमा चिसोपना आएको हो तर यो सुनीलको बाध्यता हो । यसै कारण न्युरोडकी बानिया“ थरकी एक अधवैंसे प्रेमिकास“गको सम्बन्ध चिसिदो छ । उनी तिनै महिला हुन्, जसका श्रीमान्ले एक दशकपहिले ‘आघात’ नामको सिनेमा बनाएका थिए । उक्त सिनेमाका पार्टनर खलनाययक सुनील थापा हुन् । त्यसबेला मानन्धर थापाका निकट सहयोगी थिए र बानिया“ पनि सुनीलकी हितैषी थिइन् ।

उता निशा अधिकारीको पहिलाको प्रेम गोपीकृष्ण हलका मालिक उद्धव पौडेलका छोरा निरक पौडेलस“ग थियो । निरकले अहिले अन्यत्रै विवाह गरेपछि निशा एक्लो बनेकी छन् । र, उनी एकाएक कार चढ्ने हैसियतमा पुगेकी छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान