बजारमा ग्यासको हाहाकार छ, ग्यास नपाएर उपभोक्ता आजित छन् । ग्यास यहा“ पाइन्छ कि त्यहा“ पाइन्छ भन्दै उपभोक्ता खोजी हि“ड्छन् तर ग्यास उद्योग परिसरभित्रका कर्मचारी भने कामकाज छाडेर अरू नै धन्दामा व्यस्त छन् । त्यो धन्दा हो– मायाको । यही माया र प्रेमको हल्लाले अचेल एउटा ग्यास उद्योग तातेको छ ।
प्रसंग, पशुपतिशमशेर राणाले आफ्नो सेयर स्वामित्व बेचेको बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगको हो । उही उद्योगभित्र कार्यरत तिमिल्सिना थरका एक सिनियर कर्मचारीले तिमिल्सिना थरकै जुनियर महिलालाई साइनोले बहिनी बनाए । आठ वर्षअघि जुनियर कर्मचारीका रूपमा प्रवेश गरेकी भगवतीलाई स्थायी मात्रै बनाइएन, श्रीमान्लाई विदेश पनि पठाइयो । बाहिर जानका लागि ऋण पनि उपलब्ध गराइदिए गोविन्दले । तिमिल्सिना यहा“का मेकानिक हुन् । उनी २२ वर्षदेखि यही“ कार्यरत छन् । काठमाडौंको जोरपाटी बस्ने गोविन्द र उत्तरी क्षेत्र धर्मस्थलीको पैयु“टार बस्ने भगवती दुवै अधवैंसे हुन् र सन्तानका बाबु–आमा ।
स्थायी गराइदिएबापत, श्रीमान्लाई बाहिर जान ऋण उपलब्ध गराइदिएबापत गोविन्दले बदलामा केही खोज्नु स्वाभाविकै थियो । एउटा केटीले एउटा केटोलाई दाइका रूपमा आदर गरी, सम्मान गरी तर केटाका लागि आफूले गरेको लगानी उठाउनु नै थियो । त्यसैले उसले अनेक तिकडम रच्न थाल्यो । भगवती पनि विस्तारै उसको जालमा फस्दै गई । एकातिर श्रीमान्को अभाव, अर्कोतर्फ आफ्नो शरीरको आवश्यकताको परिपूर्ति गर्ने दाजुका रूपमा गोविन्दलाई पाउ“दा ऊ पनि खुसी नै थिई । प्रायः गोविन्द केटीकै कोठा धर्मस्थली पैयु“टारतिर माछा, मासु बोकेर जाने र खाने गर्न थाले ।
त्यसैले सम्बन्ध भन्ने कुरा अति घनिष्ट हुनु र अति नराम्रो हुनु दुवै राम्रो मानि“दैन । यी दुईबीचको सम्बन्ध अति गाढा र अति प्रगाढ देखिएपछि ग्यास उद्योगमै कार्यरत कर्मचारीले चियोचर्चो गर्न थाले ।
स्वाभाविकै हो, राम्रो कुराको प्रचार ढिलो हुनु र नराम्रो कुरा चा“डो पैmलिनु । यो सम्बन्धबारे अहिले यहा“का प्रत्येक कर्मचारी जानकार छन्, सायद ग्यासको सिलिन्डर पनि बेखबर छैन होला ।
अति भएपछि यहा“का कर्मचारीले नै चर्पीका भित्तादेखि कार्यालयका पर्खाल–पर्खालमा उनीहरूको सम्बन्धबारे लेख्न थाले । जब कर्मचारीले भित्तामा लेख्थे, अरूले नदेख्ने गरी उनीहरूले मेट्थे । यो क्रम रोकिएन, झनै बढ्दो छ । सायद ग्यास उद्योग परिसरको कुनै पनि भित्ता खाली छैन, जहा“ उनीहरूको अनैतिक सम्बन्धबारे नलेखिएको होस् । पहिले त यो जोडीले मेट्ने प्रयास ग¥यो तर ९० जना हाराहारीमा कर्मचारी रहेको यो ठाउ“मा जोडी सबैको आ“खा तारो बनेको छ ।
अहिले जे लेखे पनि जोडीले मतलव गरेको छैन । दाजु–बहिनीको नाता र सम्बन्ध भए एकान्तमा भेट्नुपर्ने, जहा“ जा“दा पनि स“गस“गै जानुपर्ने, बिदाको दिन पनि भेटघाट गर्नेलगायतका कारण मात्रै होइन, सुरुमा भगवती तिमिल्सिनाको श्रीमान् बाहिर जानुअघि घर खर्च चलाउन भन्दै गोविन्दले ३० हजार ऋण दिएका थिए । ऋणै ऋणमा जिन्दगी चल्न थालेपछि दुुवैले सल्लाह गरे र श्रीमान्लाई विदेश (दुबई) पठाए । ऋण गोविन्दले दिए । अहिले यसै कारणले पनि ग्यास उद्योग परिसरमा चर्चा छ– देखाउने दा“त दाजु बहिनीको, चपाउने दा“त अर्कै ।