लेख/रचना
 
मन दुख्छ आज यस्तो लेख्नुपर्दा
– सालिकराम तिमल्सेना
 
म खोटाङबाट आइए पढ्न काठमाडौं आएपछि पाटन संयुक्त क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति विष्णु खरेल र अखिल पा“चौंका नेता राम गौतमसग परिचय भयो । रामले मलाई पाचथरका टेकबहादुर माबोसग परिचय गराइदिनुभयो । उहा पनि साथी र डेराको खोजीमा हुनुहदो रहेछ । एकदिन मंगलबजारमा पञ्चायती शासन व्यवस्थाको अन्त्यको आह्वान गरिएको पर्चा बा“ड्दै गर्दा पुलिसले पक्रेछ ।

उहा“ एक–डेढ महिनाजति हिरासतमा बस्नुभयो । अंग्रेजी पढ्नुहुन्थ्यो । उहा“ले नै मलाई भिक्टर आफनास्येभको ‘दर्शनशास्त्रको प्रारम्भिक ज्ञान’ र भीम रावलको नेपालको कम्युनिस्ट आन्दोलनका बारेमा एमएको थेसिस पढ्न दिनुभयो । उहासग म दुई वर्षजति सगै बसे“ । हामी एउटै खाटमा सुत्थ्यौं र एउटै सिरक ओढ्थ्यांै । उहा“ मभन्दा केही जेठो हुनुहुन्थ्यो । दुवै मिलेर खाना पकाउथ्यौं, भाडा सफा गथ्र्यौं र घन्टौं पञ्चायतीतन्त्रको अवसान र साम्यवादको आगमनबारे तर्क र बहस गथ्यौं । यो पैंतालिस सालतिरको कुरा हो । उहा“ र ममा बाहुन र लिम्बू भन्ने भावनाको क्लेश पनि थिएन । त्यसपछि म काभ्रेको ¥याले खानीगाउका बुद्धिबहादुर तामाङसग बस्न थाले“ । टेकबहादुरजी अलग बस्न थाल्नुभयो । बुद्धिजीकी आमाले उता गाउबाट मकैको पिठो, रायोको साग, मुलाहरू र लप्सीका दाना ल्याइदिनुहुन्थ्यो ।

हाम्रो पूर्वमा लप्सी मैले देखेको थिइन“ तर सुनेको थिए“ । हामी हरेक दिन तरकारीमा दुईचार दाना लप्सी हाल्थ्यौं र अमिलो तरकारीस“ग भात खान्थ्यांै । हामीमा पनि तामाङ र बाहुन भन्ने भावना आएन । बुद्धिका अनुसार उहा“का बा माओको जीवनी लुकाएर पढ्थे र छोरालाई कम्युनिस्ट बन्न प्रेरित गर्थे । बुद्धिहरूको तराईमा केही खेत थियो । बा त्यता पनि बस्थे । बुद्धिबहादुरपछि म रामेछापका भगत सुनुवारसित बस्न थाले । रामेछापकै शिव सुनुवारले मसित भगतलाई चिनाइदिएका थिए । मैले भगतलाई एउटा काम खोजी दिए“ । उनी राजनीतिमा लाग्नुभन्दा पढ्नमा जोड दिनुपर्छ भन्थे, तर्क गर्थे, काम गर्थे र पढ्थे । उनीसित बस्दा पनि बाहुन र सुनुवारको भेद देखिएन । शिव सुनुवार र हामी एउटै घरको तलमाथि बस्थ्यौं । एकदिन मैले लुकाउन तल राखेको मिटिङ माइन्युटको कपि उनीहरूका श्रीमान–श्रीमतीको झगडामा परेर च्यातिएछ । श्रीमती झगडा गरिरहन्थिन् ।

पछि उनी दुईवटा मसिनै छोराछोरी छाडेर अर्कैतिर गइन् । शिव घर धान्न गाह्रो भएपछि सहयोगको आकांक्षा बोकेर इसाइ भए । म पनि उनको पछि लागेर चर्चमा प्रवचन सुन्न धेरैपटक गए“ । दार्शनिक ज्ञानको भोको थिए“ तर बनिबनाउ नास्तिक पनि थिए“ । कीर्तिपुरतिरकी एक रोगी महिलाको रोग निको होस् भनेर सबैले हात उठाई प्रार्थना गर्दा र त्यहा“ सहभागी नेपाल आर्मीका एक जवानले श्रीलंकामा हुने एक खेलकुद प्रतियोगितामा जितुन् भनेर प्रार्थना गर्दा मलाई मेरा बाले सावाखोलाको बाढी घटोस् र हाम्रो खेत नलैजाओस् भनी षड¨ रुद्रीको दोस्रो अध्यायका पा“चवटा श्लोक पाठ गरेको याद आयो । पूर्वीय र पाश्चात्य दुवै दर्शनमा उही प्रकृतिका अन्धविश्वासहरू रहेको देख्दा म छक्क परे“ ।

क्रिसमसका दिन मेरो ध्यान चुल्होमा पाकिरहेको भोजतर्फ मात्र जान्थ्यो । अहिले पनि मलाई यो कुरो अरुलाई सुनाउन लाज लाग्छ । धेरैपटक चर्च धाउ“दा पनि शिवजी विश्वासी बन्न सकेका छैनन् भन्ने कुरा मैले उनबाट अप्रत्यक्ष तरिकाले थाहा पाएको थिए । त्यसपछि म मेरै जिल्लाका घरनजिकैका दीर्घ सुनुवार र ऋषिमान थापा मगरसग बसे । हामी सबै पढ्ने, राजनीति गर्ने र काम गर्ने साथी थियौं ।

त्यहा कुनै बाग्चाल थिएन । पञ्चायती शासनतन्त्रविरुद्धका अनेकन संघर्ष, जुलुस, प्रदर्शन, सभा, गोष्ठी, हडताल आदिमा हाम्रा चर्चाहरू बिते । देशले थोरै भए पनि सन्तोषको सास फेर्न पाउ“छ र पञ्चायती रात्रिहरूको अन्त्यपछि जनताका खुसी र हा“सोका तारा झुल्कन सक्छन् भन्ने हाम्रो दृढ विश्वास थियो तर दुई हजार उनन्सत्तरी सालसम्म आइपुग्दा विश्वास धुजाधुजा भएर च्यातिए र अठोटहरूले रूखको हा“गोमा झुन्डिएर आत्महत्या गरे । अहिले पछि मेरा पहिलाका साथीहरूस“ग कुराकानी भए ।

उनीहरू कोही उस्तै छन् । कोहीमा चाहि“ हामी सबभन्दा पहिले मानव हौं भन्ने सोचाइ र सन्देश पैदा भएछ । हामी अलग पार्टीका नेता बनिसकेछौं र एक अर्कोलाई प्रगतिको तगारो देख्न थालिसकेछौं । मलाई पश्चिम नेपालको चलनबारे थाहा छैन ।

हाम्रो पूर्वमा बाहुन, क्षेत्री, राई, लिम्बू, मगर, गुरुङ, तामाङ, दलित, शेर्पा आदि विविध जातिका मान्छेहरू एक अर्कोस“ग मित लगाउ“छन् । मित लगाएका केटाकेटीका आमा–बाहरू मितबा र मितआमा बन्छन् । त्यसरी नै उनीहरूका नातेदार पनि मितदाजु, मितदिदी, मितभाइ, मितबहिनी, मितछोरी, मितछोरा, मितमामा, मितमाइजु, मितहजुरबा, मितहजुरआमा आदि बन्छन् । उनीहरू हरेक चाडपर्व, विवाह, ब्रतबन्ध, पूजापाठ आदिमा कोसेलीपात बोकेर मितबा–आमाकहा“ जान्छन् । टीका थाप्छन् र आशीर्वाद ग्रहण गर्छन् । उनीहरूको हार्दिकता यति गहन हुन्छ कि मितबा–आमाको मृत्युमा छाक छाड्ने, खल्को गर्ने, नुन नखाने र पञ्चगम्य खाए चोखिनेसमेत चलन छ । केही समयपहिले मैले पनि चिन्दै नचिनेका मितबाको मृत्युमा जुठो बारेको छु ।

केही विद्वान् यस्ता सम्बन्धमा अन्धविश्वास र ग्रामीण पछ्यौटेपन देख्दा हुन् तर म तिनमा फरक किसिमका संस्कृतिलाई एकताको सूत्रमा बा“ध्ने बास्नादार फूल देख्छु र यस्तो संस्कृतिलाई मानवतावादी संस्कृति भन्न चाहन्छु । राजनीतिका बाजिगरद्वारा यस्ता चलनमाथि छुरा प्रहार हुन थालेका छन् । मानव जातिको विकासको इतिहासमा जुन मानव समुदाय बढी मात्रामा एक ठाउ“बाट अर्को ठाउ“मा स्थानान्तरित भएका छन्, उनीहरू नै सबभन्दा बढी विकसित भएका छन् । युरोपका जर्मन, बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल, इटली, आदि देशबाट गरिबीको कारणले, चोरीडकैती एवं हाडनातासम्बन्धी बात लागेको कारणले वा व्यापार वृद्धिका कारणले जब मानिस स्थानान्तरित भएर अमेरिका पुगे, तब त्यहा“को फरक परिवेशमा जीवनसम्बन्धी युरोपेली अनुभव काम लागेनन् । त्यहा“ उनीहरूले आफ्ना पद्धतिमा एडप्टेसन (अनुकूलन) का लागि योग्य हुने गरी परिष्कार गरे । यस्तो परिष्कृतिले उनीहरूको जीवन बचाइ सफल भयो ।

एकै ठाउ“ स्थिर भएर बस्ने नेपालका चेपाङहरू भन्दा विविध ठाउ“मा छरिन पुगेका नेवारहरू बढी विकसित छन् । यसरी कुनै मानव समुदाय अघि पर्नु र पछि पर्नुमा राजनीतिक कारण सहयोगी होला तर निर्णायकचाहि“ कदापि पनि होइन । यहुदीहरूको आदिथलो भूमध्यसागरको पूर्वी क्षेत्र थियो । उनीहरू सामी भाषी समूह थिए र त्यसअन्तर्गतको हिब्रु भाषा बोल्थे । जब युरोपमा स्थानान्तरित भए, तब शिक्षादीक्षा, ज्ञान र धनआर्जनका क्षेत्रमा अभूतपूर्व प्रगति गरे । प्राचीन आर्यहरू ककेसस पहाडको फेदतिरको रुसी मैदानका बासिन्दा थिए । अलिगढ विश्वविद्यालयमा इतिहास विभागका अध्यक्ष प्रोफेसर इरफान हबिबका अनुसार आर्यहरू मूलतः सिकारी थिए र सिकारका लागि ज्यास्ती नै स्थानान्तरित भइरहन्थे ।

उनीहरूको एउटा हा“गो इराक, इरानतिर लाग्यो र अवेस्ता भाषा बोल्न थाल्यो अनि अर्को हा“गो पामिरको गा“ठो नाघ्दै, अफगानिस्तानका पठारहरू पार गरेर सिन्धु नदीको किनारतर्फ अघि बढ्यो । आज तालिवानी युद्धको केन्द्र बनेको स्वात उपत्यका प्राचीन आर्यहरूको महत्वपूर्ण केन्द्र थियो । स्वात उपत्यकालाई प्राचीन पुरुहरूले आवाद गरेका थिए । संस्कृतमा स्वातको अर्थ हुन्छ– राम्राराम्रा घर भएको ठाउ“ ।

यसरी हेर्दा के देखिन्छ भने जुन मानव समुदाय बढी मात्रामा स्थानान्तरित भएको छ, त्यसले नवआगन्तुक स्थानमा अनुकूलन वा घुलमिलीकरणका लागि बढी मात्रामै जीवन संघर्ष सञ्चालन गर्नुपरेको छ । त्यस्तै जीवन संघर्ष सञ्चालन गर्ने क्रममै आफूलाई विकसित तुल्याउन सकेको देखिन्छ । यसको तात्पर्य विश्वका मानव समुदायमध्ये कति अघि छन्, कति पछि छन् र ती अघि हुनेले प्राप्त गरेका उपलब्धिहरू विश्वभरिकै मानिसहरूले भोग गर्न पाउनुपर्छ भन्ने हो ।

डेम्लरले आइ.सि. इन्जिन बनाए । त्यो उपलब्धि कुनै समुदाय विशेषको मात्र नभई सम्पूर्ण मानवताकै उपलब्धि हो भन्ने ठान्नु आवश्यक छ । यसको सट्टा डेम्लरको जात, थर, गोत्र, सम्प्रदाय, धर्म र नश्लको खोजी गर्न थाल्नु सही कुरा होइन । यसलाई राजनीतिक रंग दिनु पनि सही कार्य होइन र हुन सक्दैन ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान