लेख/रचना
 
लुकाउदा लुकाउदै ज्यान जाने लफडा
वसन्तराज कुवर
 
नार्कोनन नेपालमा दुव्र्यसनमा परेका कारण उपचारमा आएका विद्यार्थीलाई म नजिकबाट देख्न र तिनका जीवनसम्बन्धी बुझ्न पाउछु । स–साना करिब १६ वर्षदेखि २४ वर्षबीचका युवा आफ्नो घर भएर पनि घरमा बस्न पाएका छैनन्, परिवार भएर पनि परिवारस“ग बस्न पाएका छैनन्, चढ्ने सवारीसाधन भएर पनि त्यसको उपयोग गर्न पाएका छैनन्, घुम्ने÷फिर्ने औकात भएर पनि स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाएका छैनन् र उनीहरूलाई घर छाडी उपचार केन्द्रमा बस्न बाध्य हुनुपरेको छ ।

त्यो दृश्य देखेपछि म अभैm राम्रोस“ग महसुस गर्ने गर्छु कि ड्रग्स कति भयानक र त्रूmर हुने गर्छ ? उनीहरूको यो जीवनको पक्ष देख्दा मलाई दुःख लाग्छ तैपनि खुसी केमा छु भने कमसेकम उनीहरू अभैm बा“चेका छन् । वास्तवमा जीवन तिनको समाप्त भइसकेको पनि हुन सक्थ्यो । जब कुनै व्यक्ति उपचार केन्द्रभित्र प्रवेश गर्छन् त्यो दिन आउन वर्षौं लाग्ने गर्छ । धेरैको जीवनमा त त्यो दिन नै आउ“दैन । जो–जो सम्पूर्ण बाधा पार गरेर उपचार केन्द्र पुग्न सफल हुन्छन् तिनले ड्रग्सलाई जितेर पुनः लामो आयु बा“च्ने सौभाग्य प्राप्त गर्न सक्छन् । तर, उपचार केन्द्र भने सा“च्चिकै व्यवस्थित हुन जरुरी हुन्छ ।

कुनै पनि घरको सदस्यले जब ड्रग्स सेवन गर्न थाल्छ उसले त्यो कुरा सार्वजनिक गर्दैन । सक्दो लुकाउने प्रयास गर्छ । यसरी साधारणतया व्यक्ति दुव्र्यसनी भइसकेपछि पनि डेढ वर्षसम्म आमाबाबुलाई पत्तै हु“दैन । जब पत्तै हु“दैन भने फेरि उपचारमा लैजाने त सम्भावना नै हु“दैन । अतः कुनै पनि दुव्र्यसनमा परेको व्यक्तिलाई उपचारमा जाने अवसरबाट वञ्चित गराउने पहिलो बाधा हो– आमा, बाबु र परिवारलाई यो कुरा नै थाहा नहुनु । दोस्रो बाधा हो, लुकाउनु । जब परिवारको सदस्यले ड्रग्स लिन थालेको कुरा घरका मानिसले थाहा पाउ“छन् तब पहिला त आत्तिन्छन् र तत्कालै दिमागमा एउटा कुरा आइहाल्छ कि अब यो कुरा अरूले थाहा पाउनुहु“दैन ।

अरूले थाहा पाउनुहु“दैन भन्नेमा परिवार यति धेरै संवेदनशील बनिदिन्छ कि कसैले राम्रै सोचेर त्यो ड्रग्स सेवनकर्ताबारे केही भनिहाल्यो भने पनि त्यो परिवारले त्यसैलाई नै दुस्मन ठान्न बेर लाउ“दैन । जब उनीहरू यो समस्या कसैलाई भन्नै चाह“दैनन् भने उपचारमा लैजाने त कुरै आउ“दैन । यसरी लुकाउने कार्य तीन वर्षसम्म भइरहन सक्छ । तीन वर्ष बितुन्जेल प्रायः त्यस्ता व्यक्तिले पढाइ, व्यवसाय जागिर छाड्ने मात्र होइन, घरका परिवारलाई पनि सताउन थालिसकेका हुन्छन् र त्यसपछि लुकाउने उद्देश्य पूरा हु“दैन । त्यसपछि परिवारले त्यसलाई विदेश पठाइदिने, त्यो ठाउ“ छाडी अन्यत्र लिएर जाने वा पछि–पछि मान्छे लगाएर नियन्त्रण गर्ने प्रयास गर्छ ।

यस्तो प्रयास दुई वर्ष अरू चल्न सक्छ र यस्तो प्रयासले जगाउने अशाका कारण थप दुई वर्ष अरू त्यो व्यक्ति उपचार केद्र पुग्न पाउ“दैन । त्यसैले प्रायः दुव्र्यसनमा परेको तीन वर्षसम्म कसैलाई उपचार केन्द्र लगिएको देखि“दैन ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान