रोचक प्रसंग
 
कच्चा रिपोर्टिङको करामत
 

कच्चा रिपोर्टिङको करामत

यौन–खेलौना (सेक्स टोई)लाई च्याउ भनेर टेलिभिजनमा देखाउने एकजना चिनियाँ रिपोर्टर गल्ती थाहा पाएपछि रातो–पिरो भएकी छन् । पश्चिम चीनको सियानस्थित लिउकुन्बु गाउँमा गाउँलेले जमिन खन्दा एउटा अनौठो वस्तु देखे । ८० मिटर गहिराइमा फेला परेको वस्तु नरम थियो । गाउँलेले सम्झे– फेला परेको वस्तु पक्का पनि ‘दुर्लभ ताइसुइम च्याउ’ हुनुपर्छ । उनीहरूले स्थानीय टेलिभिजन स्टेसनमा फोन गरी जानकारी गराए । टेलिभिजनले सांघाई निवासी रिपोर्टर ये युनफेङलाई पठायो । उनले पनि फेला परेको वस्तु अनौठो च्याउ भएको ठानिन् र प्रसारण गरिदिइन् । टिभीका एकजना दर्शकले तुरुन्तै कमेन्ट पठाएर देखाइएको वस्तु च्याउ नभई पुरुषका लागि बनाइएको सेक्स टोई भएको जानकारी दिए । उनको भनाइ थियो, ‘सिलिकनबाट बनेको वस्तु र अर्गानिक च्याउ नै छुट्याउन नसक्ने कस्तो रिपोर्टर ?’ समाचारको तत्कालै खण्डन टिभीमा होइन ‘सिना वेइबो’ वेबसाइटमा गरियो । खण्डनमा लेखिएको थियो, ‘हाम्रो रिपोर्टर निकै कम उमेरको हुनुहुन्छ, त्रुटि भएकोमा क्षमाप्रार्थी छौ“ ।’

हरिप महिलाले दिएको हैरानी

यौनसम्बन्ध कायम गर्न होटल लगिएकी केटीको यौनइच्छा पूरा गर्न असमर्थ एक पुरुष अन्ततः प्रहरीको सहयोग लिन बाध्य भएका छन् । नाम नखुलेका ४३ वर्षीय जर्मनले होटलको बारमा भेटिएकी ४७ वर्षीया महिलालाई कोठामा लगेका थिए । प्रहरीका अनुसार कोठामा पुगेपछि दुवैले पटक–पटक सम्भोग गरे तर महिलाले यौनइच्छा पूरा भइनसकेको बताउँदै सम्भोगका लागि फेरि आग्रह गरिन् । लखतरान भइसकेका उनले ‘अब सक्दिन“’ भने र कोठाबाट बाहिरिन खोजे तर महिलाले जान दिइनन् र आफ्नो यौनइच्छा पूरा गरेर मात्र जान भनिन् । दुवैले पटक–पटक सम्भोग गरे । यसको बाबजुद महिलाले आग्रह गरेपछि फुत्केर बाल्केनीमा पुगे । उनले प्रहरी बोलाए । महिलाले प्रहरी अधिकृतसँग पनि सोही प्रकारको अनुरोध गरिरहिन् । अन्त्यमा प्रहरीले यौन आक्रमण गरेको र अवैध तरिकाले रोकेको अपराधमा पक्रेर लग्यो ।

मोटीमाथि सडकमै आपत्ति

यौनांग देखाएर सार्वजनिक बस स्टपको बेन्चमा बसिराखेकी एउटी मोटी महिलालाई अमेरिकाको फ्लोरिडा राज्यमा प्रहरीले समातेको छ । ५२ वर्षीया प्याट्रिसिया म्याककोलुम चार सय पौन्ड तौल भएकी अत्यन्त मोटी महिला हुन् । अदालतमा उनले आफू भर्खरै घरवारविहीन भएको र लुगा फेर्न लागेका बेला पक्राउ परेको बताएकी छन् तर प्रहरीले भने यसअघि पनि पटक–पटक यौनांग देखाएर हिँडेको आरोपमा पक्राउ परिसकेको बताएको छ । दक्षिण फ्लोरिडाको घढण्ण् ल्। इअभबल द्यष्खम सडकस्थित बस स्टपको बेन्चमा नांगै फेला परेकी प्याट्रिसियामाथि प्रहरीले सार्वजनिक स्थानमा यौनांग प्रदर्शन गरी हिँडेको आरोप लगाएर अदालत चलान गरेको थियो । अदालतले सय डलर जरिवाना तिराई रिहा गर्न आदेश दिइसकेको छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान