समाचार अपडेट
 
पार्टी फुटाउने कसको प्रस्ताव ?
 
काठमाडौं । राष्ट्रिय सभागृहमा एमालेको कार्यकर्ता भेला चल्दै गर्दा विजय सुब्बा, पृथ्वीसुब्बा गुरुङ, वीरबहादुर लामा, किरण गुरुङलगायत जनजाति नेतासहित धुलिखेल पुगेका उपाध्यक्ष अशोक राईले पार्टी फोड्न सहज नभएको बताएका छन् । विजय र वीरबहादुरले अहिल्यै अर्को पार्टी खोला“ै भन्ने प्रस्ताव राख्दा अहिलेलाई अन्तरपार्टी संघर्ष मात्रै गरौ“, पार्टीलाई संविधानसभा पुनःस्थापना गर्ने निर्णयसम्म पु¥याऔ“ भन्ने आग्रह पूर्व पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व वनमन्त्री किरण गुरुङ, पूर्वशान्तिमन्त्री रकम चेम्जोङ र दलबहादुर रानालगायतले गरेपश्चात् अशोक राई यो निर्णयमा केही सकारात्मक देखिएका हुन् ।

उता, आइतबार सा“झ आफ्नै निवासमा छलफल गर्न आइपुगेका एमाले नेता सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, अरुण नेपाल, भीम आचार्य, गोकर्ण विष्टलगायतस“गको कुराकानीमा राईले हामीले चाहेजस्तो नभए पनि पार्टीले जातीय पहिचानलाई स्वीकार गरेको छ, यो निर्णय एक कदम प्रगतिशील छ । ठीकै छ, समयक्रममा अझ अरू मागको पनि सुनुवाइ हु“दै जाला, सम्बोधन होला । यसले हामीलाई फरक मत राख्दै काममा जुट्ने वातावरण दिएको छ भन्ने प्रतिक्रिया दिएका छन् ।

‘पार्टीद्वारा गठित कार्यदलले १५ प्रदेशमा सहमति जनाएको चिठी संविधानसभालाई लेख्यो । हिजो जे–जे भए ती सबै गलत थिए भनेर आज कुन मुखले भन्न मिल्छ ? मुखपत्र नवयुगमा सम्पादकीय लेख्ने अनि पद्धति तोडेर चिठी लेखियोचाहि“ नभन्ने ? यो हामी जनजातिलाई उल्लु बनाउने मेसो मात्रै हो,’ उनले आफूलाई भेट्न पुगेका नेतालाई धुलिखेलमा आफूले साथीहरूलाई पार्टी फुटाउन सहज नभएको, पार्टीले एक न एक दिन आफ्नो जायज मागको संबोधन गर्नेमा आशावादी रहेको बताउ“दै अन्तरसंघर्ष भने जारी राख्ने बताएका छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान