समाचार अपडेट
 
बाबुराम र मनमोहनबीच यस्तो थियो बात
 
काठमाडौं । रियो दि जेनेरियोस्थित होटल विन्ड्सर एटलान्टिकामा श्रीलंकन राष्ट्रपति महेन्दा राजापाक्षेलाई भेटेर आएका प्रधानमन्त्री बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच २१ तारिखको बिहान १० बजे आधी घन्टा वार्ता भयो । हालखबर सोधेपछि सिंहको पहिलो वाक्य थियो– ‘नेपालमा बहुदलीय प्रणाली भत्कने छैन भन्ने हामीलाई विश्वास छ ।’

उनको दोस्रो जिज्ञासाचाहिँ निकै कडा थियो– ‘तोकिएको समयमा निर्वाचन हुँदैन भन्ने मैले सुने“, निर्वाचन आयोगले पनि त्यसै भनेछ, कुरा के हो ?’ राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेशसचिव रञ्जन मथाईसहित अन्य तीनजनालाई राखेर उनले त्यसरी सोधेपछि हाम्रा प्रधानमन्त्रीले केही उत्तेजित हुँदै जवाफ फर्काए– ‘निर्वाचन हुन्छ वा हुँदैन भन्ने कुरा निर्वाचन आयोगले भन्ने होइन, उसले सरकारले अह्राएअनुसारको काम मात्र गर्ने हो । सरकारले भएका बाधा–अड्चन सबै फुकाइदिन्छ । उसले आफ्नो काम गर्नुपर्छ ।’ उनकोे कुरा सुनेपछि सिंहले आश्वासन दिए– ‘तपाईंहरू सबै मिलेर आउनुस् र यो चाहियो भन्नुस्, हामी हर किसिमको सहयोग गर्न तयार छौ“ । तपाईंहरूलाई अस्ति बिजुली चाहिएका बेला पनि दिएकै हो, प¥यो भने फेरि गरौ“ला ।’

अल्पविकसित राष्ट्रहरूको त्यो कार्यक्रममा चिनियाँ प्रधानमन्त्रीचाहिँ ४ बजे आएर ५ मिनेट मात्र बोली हिँडिहाले । उनको त्यही राति नौजना अन्य राष्ट्राध्यक्षसँग भेट्ने कार्यक्रम रहेकाले नेपाललाई समय दिन सकेनन् । भोलिपल्ट बिहान ६ बजे त उनी फर्कि पनि हाले । नेपालबाट परराष्ट्र मन्त्रालयले भेटघाटका लागि प्रस्ताव पठाएको थियो । हाम्रा स्पेनिस भाषाविज्ञ ब्राजिलस्थित राजदूत प्रद्युम्नविक्रम शाहले ल्याटिन भाषासमेत सिक्नमा व्यस्त भएकाले त्यो भेटघाटको प्रबन्ध मिलाउन सकेनन् । प्रधानमन्त्री ब्राजिल जाने क्रममा दिल्ली विमानस्थलमा भारतीय विदेश मन्त्रालयका सहसचिव अखिलेश मिश्रा तथा फर्कंदा कुण्डल र छिरिङ शेर्पाले समय बिताउन साथ दिएका थिए । यी तीनैजना नेपालस्थित दूतावासमा काम गरी फर्किएका अधिकृत हुन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान