समाचार अपडेट
 
अस्पतालमा किन रोए रामचन्द्र ?
 
काठमाडौं । शिक्षण अस्पताल, महाराजगञ्जको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल जुन कारणले त्यो हालतमा त्यहाँ पुगे, त्यो पिरले अझै पनि उनलाई छाडेको छैन । त्यसैले होला, अस्ति सोमबार विहान सवा आठ बजे कांग्रेस नेता ज्योति कोइराला र उनकी पत्नी इन्दिरा बस्नेत भेट्न पुगेका बेला उनी सुँक्सुँकाइरहेका थिए । र, शुभचिन्तकहरुचाहिँ रामचन्द्रका रसाएका आँखा रुमालले पुछ्दै थिए ।

शिक्षण अस्पताल पुग्नु अघिल्लो विहान रामचन्द्र सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवास पुगे । नेपाली कांग्रेसले सरकारको नेतृत्व पाउने र पार्टीका तर्फबाट प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने व्यक्तिबारे टुंगो लगाउने विषयमा रामचन्द्रले भने, ‘अब एउटा टुंगो गरौं । अरु पार्टीले पनि उम्मेदवार को हो भनेर सोध्न थाले । तपाईं पुरानो सहमतिमा कायमै हुनुहोला नि !’ तर, सुशीलले अचम्मसँग जिब्रो चपाए । ‘साथीहरुसँग बसेर के गर्ने हो, टुंग्याउनुपर्ला’, यसो भनेपछि रामचन्द्र खङग्रङ भए । उनले बुझे कि, बहुमत, अल्पमतको खेलबाट फेरि बिताउने भए । निश्चित छ, देउवाले रामचन्द्रको नेतृत्व मान्दैनन् । भारत र मधेशीले पनि उनलाई मान्ने स्थिति छैन ।

यही नाममा यसै साता केन्द्रीय समितिको बैठक बोलाएर सुशील आफैं प्रधानमन्त्री बन्न तम्सिएको संकेतका रुपमा उनले बुझे । त्यसमाथि भातृसंगठन विवादका नाममा झन्डै एक वर्ष बैठक बहिस्कार गरेर देउवा बल्लबल्ल सानेपा जान थालेका छन् । यसरी झसङ्ग भएका रामचन्द्रले सुशीललाई भने, ‘म भर्खर जिल्ला घुमेर आएको । किसानहरु मर्कामा छन् । तिनको माग कसैले संबोधन गरेनन् । हाम्रो पार्टीले त केही बोलिदिनुप¥यो नि †’ सुशील ‘त्यो पनि गरौंला’ भन्दै टक्टकिए । उसै त विमारी रामचन्द्रले सुशीलबाट यस्तो अस्वाभाविक प्रतिक्रिया पाएपछि विमारी थपियो र सोझै शिक्षण अस्पतालतिर लागे । जाँदाजाँदै उनी कराइरहेका थिए, ‘न देश, न किसान, न पार्टी, न सम्झौता, न इमान्दारी, केही चिज रहेन †’

सुशीलको प्रतिक्रियाबाट रामचन्द्र झस्किनुको पृष्ठभूमि भने अलग छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदै ०६४ साल माघ महिनाको एउटा साँझ व्यवसायी दिव्यकुमार श्रेष्ठको थापाथलीस्थित पहिला सीता होटल रहेको कार्यालयमा कांग्रेस नेताहरु दीपकुमार उपाध्याय र प्रकाशमान सिंहलाई साक्षी राखी सुशील र रामचन्द्रबीच एउटा सम्झौता भएको थियो । जसअनुसार, रामचन्द्रले आगामी महाधिवेशनमा सुशीललाई सभापति बन्न सहयोग गर्ने । सुशीलले प्रधानमन्त्रीका लागि रामचन्द्रलाई मन, बचन र कर्मले साथ दिने । सोहीअनुसार ०६७ भदौमा भएको महाधिवेशनमा देउवाको साथ छोडेर रामचन्द्रले सुशीललाई सघाए । सुशीलले पनि १७ चोटि हार्दासम्म पनि प्रधानमन्त्रीमा उनैलाई लडाए । त्यही सम्झौताको जगमा सुशील–रामचन्द्र सम्बन्ध कायम रहँदै आयो । तर, सुशीलबाटै सम्झौता लत्याई पार्टी सभापति छँदाछँदै प्रधानमन्त्री पनि ताक्ने छनकले रामचन्द्रको मन निक्कै दुखाउनु स्वाभाविक पनि हो । गिरिजा प्रधानमन्त्री छँदै शान्तिमन्त्रीको हैसियतले रामचन्द्रले आन्दोलनरत मधेशी समूहहरुसँग वार्ता गर्ने जिम्मा पाएका थिए ।

त्यसमा रामचन्द्रले ‘संविधान निर्माण र चुनावतिर जाऔं, अहिले नै क्षेत्रीय मुद्दा नउठाऔं, यसले अरुतिर पनि समस्या बल्झाउँछ’ भन्दै संघीयताको मूलमागलाई विषयान्तर गर्न खोजेका थिए । यसबाट मधेशी अगुवा उपेन्द्र यादवहरु झस्किए । उनीहरुले गिरिजासँग रामचन्द्रको भनाइबारे गुनासो पोखे । भोलिपल्ट रामचन्द्रलाई थाहै नदिई गिरिजाले संघीयतासम्बन्धी सम्झौता गरे । यसबीच, एमाओवादी अध्यक्ष प्रचण्डले सुशीललाई ‘तपाईं हुनुस्, अरु भएर चल्दैन’ भनी केही दिनअघि उल्क्याइसकेका छन् । उता, दक्षिणपरस्त कृष्ण सिटौला टाइपका कांग्रेसीले पनि सुशीललाई त्यही भनेर उक्साइरहेका छन् । ‘त्यसरी सुशीललाई प्रधानमन्त्री बनाउन पाए आफू फेरि गृह मन्त्रालयमा परिन्छ भन्ने सिटौलाको सुर हुनसक्छ’, एक कांग्रेस नेताले जनआस्थालाई बताए ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान