मेरो कथा, मेरो व्यथा
 
मिस्डकलले जुराउन नसकेको मिलन
 
जब म जन्मस्थान छाडेर उच्च शिक्षा हासिल गर्न बनेपाको व्यस्त सहरमा आएँ । नयाँ ठाउँ थरीथरीका नयाँ परिवेशमा घुलमिल हुन गाह्रो भयो । कलेजमा विद्यार्थी सुनौलो सपना बोकेर पढ्न आएका थिए । म पनि तिनैमध्ये एक । १५-२० दिनजति त म एक्लै भएँ, त्यसपछि विस्तारै साथी बन्न थाले । कोपिला भन्ने साथी एकदम नजिककी भई । ऊ पनि गाउँबाट आएकी थिई । बनेपामा दाजु, भाउजूको कोठामा बस्ने । उसका दाजु, भाउजूले मलाई आफ्नै बहिनी सम्झेर माया गर्नुहुन्थ्यो । मलाई बनेपाको पढाइ र बसाइ एकदम रमाइलो लाग्न थालेको थियो । रमाइलोसँग पढ्दै जाँदा हामीले दोस्रो श्रेणीमा +२ पास गर्‍यौँ । त्यसपछि कोपिलाको धेरै टाढाको केटासँग विवाह भयो र मलाई छाडेर गई । म मेरो मिल्ने साथी छुटेकामा धेरै रोएँ । दाजु, भाउजू पनि सधैँका लागि गाउँमा गएर बस्न थाल्नुभयो । म एक्ली भएँ । म बिएडमा भर्ना भएँ । बिहान कलेज जाने र कोठामा आएर खाना बनाई खाने । त्यसपछिको समय केही काम थिएन । दिनभरि प्रायः कोठामै हुन्थँे । एकदिन मोबाइलमा अपरिचित नम्बरबाट मिस्डकल आयो । एकपटक होइन, बारम्बार । कसले गरेको होला भनेर रिप्लाई गरेँ । उसले मलाई म आर्य बोलेको सरी मैले विकासको नम्बर भनेर गरेको तपाइर्ंको परेछ भनेर फोन काटिदियो । बेलुका १० बजेपछि पुनः फोन आयो । मैले फेरि किन गर्नुभएको भनँे, उसले मलाई तपाईंसँग प|mेन्डसिप गर्न मन लाग्यो, त्यसैले भन्यो । उसले धेरै जिद्दी गरेपछि मैले स्विकारेँ । झोर महांकाल निवासी ऊ बिएड तेस्रो वर्षको परीक्षा दिएर बसेको शिक्षक रहेछ । म एकदिन कोठामा बसिरहेकी थिएँ । आर्यले मलाई दिनको एकपटक फोन गर्न थाल्यो । मैले उसलाई हामी साथी हौँ, मलाई हप्ता, महिनामा फोन गरे हुन्छ, दिनैपिच्छे नगर्नू भन्दा पनि मानेन । किन हो कुन्नि ! ऊ हरेक कुरा मलाई सुनाउँथ्यो । आर्यले एकदिन फोन गरेन भने नरमाइलो लाग्न थाल्यो । एकदम चञ्चले स्वभावकी थिएँ । आर्य मेरो जीवनमा आएदेखि ममा परिवर्तन आउन थालेछ । साथीहरू पनि तँलाई के भएको छ ? टोलाएर बस्छेस् भन्थे । तर, आफूलाई केही भएको छैन भन्थेँ । पढाइभन्दा आर्यबारे बढी सोच्न थालेछु । हुन त मैले उसलाई देखेकी थिइनँ । तैपनि म उसको अनुहार, मेरो आँखा, मन, मुटु मैले हेर्ने हरेक चिजवस्तुमा पाउँथेँ । जतिबेला उसलाई सम्झेर बसिरहेकी हुन्थँे त्यति नै बेला उसको फोन आउँथ्यो । जति आर्यबारे सोच्थँे त्यति कहिल्यै कोपिलाबारे सोचिनँ । एकदिन एउटा साथीले तँ कसैको मायामा परिसकिस् कि क्या हो ? भनेर सोधी । तर, त्यतिबेलासम्मलाई माया के हो भन्ने कुरा थाहा थिएन । बेलुका आर्यको फोन आयो । उसले त्यसदिन अचम्म-अचम्मका कुरा गर्‍यो । धेरै लामो समयसम्म कुरा गराँै भन्यो । मैले पनि तिमीले भन्न खोजेको खास कुरा के हो प्रस्ट भन भनेँ । उसले हिम्मत गरेर भन्यो, क्ष् ीयखभ थ्यग । म झस्किएँ तर मनमा आनन्द आइरहेको थियो । कता-कता मनले भन्यो, म यही शब्द सुन्न चाहन्थँे । मैले केही नसोची उसको प्रस्ताव स्विकारेँ । उसले मलाई भेट्न चाहन्छु भन्थ्यो तर समय निकाल्न गाह्रो । उसको स्कुलमा शनिबार पनि काम हुनेरहेछ । उसले एक महिनापछि स्कुलमा गर्मी बिदा हुन्छ त्यही समयमा तिमी र म भेट्ने भन्यो । म पनि कहिले त्यो समय आउला भनेर पर्खिरहेँ । हामी दुवै एकअर्काविना बाँच्न नसक्ने भयाँै । आर्यको घरमा मेरो बारेमा सबै कुरा थाहा थियो । म उसको ममीसँग पनि कुरा गर्थें । ममीले मलाई छोरीजस्तै माया गर्नुहुन्थ्यो । आर्य र म फोनमा दिनको ३, ४ पटक कुरा गथ्र्याैं । ऊ तिमीलाई भेट्न आउँदा के लिएर आऊँ भन्थ्यो, म जे मन पर्छ त्यही लिएर आऊ भन्थँे । ऊ भन्थ्यो, मलाई संसारभरि एक चिज मन पर्छ त्यो तिमी हौ । तर, तिमी त्यहाँ छ्यौ, तिमीलाई कसरी लिएर आऊँ ? । अनि म भन्थँे, के म फोनबाट त्यहीँ आऊँ त ? ऊ बेला-बेलामा कतै तिमीलाई भेट्दै नभेटी मरिने पो हो कि भन्थ्यो । उसले त्यसो भन्दा म धेरै रुन्थँे अनि ऊ भन्थ्यो, 'धत् लाटी, ख्याल गरेर पो भनेको, म मेरो रुन्चीलाई नभेटी त्यसै मर्छु त ?' मैले सातजन्म सँगै मर्ने, सँगै बाँच्ने कसम खाएको छु भन्थ्यो । म धेरै खुसी हुन्थँे यति धेरै माया गर्ने मायालु पाएकामा । अनि भगवान्सँग जहिले पनि आर्यको लामो आयुको कामना गर्थें । म बिहानैदेखि खुसी थिएँ । मेरो एक महिनाको पर्खाइको प्यारो दिन थियो । ठीक १० बजे तयार भएर कोठाबाट निस्किएँ । किनभने मलाई भेट्न आर्य बनेपा आउँदै थियो । उसले म १२ बजेतिर बनेपा आइपुग्छु भनेको थियो । तर, मलाई उसलाई छिट्टै भेट्न मन थियो । त्यसैले अगाडि नै कोठाबाट निस्किएँ । १०ः३० बजेतिर बनेपाको चारदोबाटो आइपुगँे । हामीले चारदोबाटोमै भेट्ने भनेका थियौँ । मनमा अनेक कुरा उब्जिरहेका थिए । १० बजेर ३० मिनेट गइसकेको थियो । त्यतिबेलासम्म पनि आर्य आइपुगेन । उसले म बाइकमा आउँछु भनेको थियो । झन् बाइकमा त छिटो आइपुग्नुपर्ने तर आर्य आइपुगेन । मैले उसलाई फोन गरँे तर फोन सम्पर्क हुन सकेन । अनि मनमा शंका उब्जिन थाल्यो । कतै मलाई आउँछु भनेर ढाँटेको त होइन ? कतै मलाई आर्यले माया नै गर्दैन कि या म मात्र उसको मायामा पागल भएछु जस्तो सोच उब्जियो । त्यति नै बेला आर्यको नम्बरबाट फोन आयो । हतार-हतार फोन उठाएँ तर त्यो स्वर आर्यको थिएन, मैले तपाईं को हो ? आर्य खोइ ? भनेर सोधँे, उसले रुन्चे स्वरमा आर्य वीर अस्पतालमा छ, तिमीलाई भेट्न खोजेको छ, छिटो आऊ भन्यो । छाँगाबाट खसेजस्तो भएँ । हातखुट्टा लगलग काम्न थाले । त्यसपछि बस चढेँ, मनमा धेरै कुरा खोल्न थाले । कतै यो सबै नाटक गरेको हो कि अथवा मलाई फसाउन लागेको हो कि भनेर, फेरि एक मनले भन्थ्यो- यो नाटक होइन वास्तविक पनि हुन सक्छ । वीर अस्पताल पुगेँ । त्यहाँ आर्यका सम्पूर्ण परिवार थिए । म गएपछि चिनजान भयो । ममीले मलाई अँगालो हालेर रुनुभयो । के भयो आर्यलाई भनेर रोएँ । त्यसपछि मलाई थाहा भयो, आर्य मलाई भेट्न बाइक लिएर ९ बजे नै घरबाट निस्केको रहेछ । तर, कोटेश्वर आइपुग्दा बाइक दुर्घटना भएछ । उसले बेहोसीमै मेरो नाम लिएको हुनाले मलाई बोलाइएको रहेछ । मैले बेकारमा पाप सोचेको रहेछु, मलाई उसले झुटो माया गर्छ भनेर । उसले त मैले भन्दा पनि धेरै माया गर्दाे रहेछ । म ऊ भेट्न आएन भनेर रिसाएकी थिएँ तर ऊ त जीवन र मरणको दोसाँधमा रहेछ । म उसको अगाडि आइपुग्दा अन्तिम सास बाँकी थियो । नजिकै गएर बसेँ । ऊ सकी नसकी बेडबाट उठेर मलाई अँगालो हाली रोयो । म पनि धेरै रोएँ र सोचेँ हे भगवान् ! तिमीले हामीलाई यसरी छुटाउनुथियो त एक किन बनायौ ? आज यो स्थितिमा छुटाउनु थियो त पहिले नै हाम्रो मिलन नगराएको भए हुन्थ्यो । आर्यको अनुहारभरि घाउ थियो । ऊ नचिनिने भएको थियो । उसले मलाई दिन आँैंठी लिएर आएको रहेछ । सकी नसकी मलाई औँठी लगाइदियो । तर, त्यतिबेला उसलाई दिन मसँग केही थिएन, थियो त केवल बिछोडको आँसु । जुन दिन मेरो प्यारो दिन भनेर कोठाबाट निस्किएको थिएँ । त्यो दिन खुसी छिनिने दिन रहेछ । उसले अड्की-अड्की कानमा क्ष् ीयखभ थ्यग अर्काे जन्ममा म तिम्रो हुनेछु 'सरी' । यो जन्ममा तिम्रो हुन सकिनँ अलबिदा भनी अँगोलोमा आफ्नो प्राण त्याग गरेर सदाका लागि छाडेर गयो । म त्यहीँ बेहोस भएछु । म धेरै रुँदा रुँदा मेरा आँखामा सबै आँसु रित्तिएछ । म ईश्वरसँग सधैँ आर्यको लामो आयुको कामना गर्थें तर त्यो मेरो कामना भगवान्ले सुनेर पनि वास्ता गरेनन् । आज दुई वर्ष भइसकेछ आर्यले मलाई छाडेको । तर, उसको यादले मलाई छाडेको छैन । उसको मायाको चिनो औँठी मसँगै छ । ईश्वर पनि कति निष्ठुरी, हाम्रो माया सह्य नभएर मेरो मुटु आर्यलाई शरीरबाट निकालेर लग्यो । मलाई मुटुविनाको जिउँदो लास बनाएर गयो । मेरो मुटु त ईश्वरले लग्यो तर आर्यको याद मबाट खोसेर लग्न सकेन । अहिले म जिउँदो लास बाँच्ने भएको छु । बाँच्ने सहारा नै आर्यको याद र उसको चिनो औँठी भएको छ । म मेरो पूरा जीवन नै मेरो चोखो, निश्चल र पवित्र माया आर्यको यादमा समर्पित गर्नेछु । सजना सुन्दास पनौती-१
प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान