शहरभित्र
 
जनजातिमा ‘जन’ किन ?
सुरेश
 

जनजातिमा ‘जन’ किन ?

एमालेका जनजाति नेता अहिले अधिकार मागिरहेका छन् । तर, नागाधारी नेताहरू अधिकार दिन तयार छैनन् । त्यसैले एमालेभित्र अदृश्य खालको द्वन्द्व जारी छ । वास्तवमा एमाले देशका सम्पूर्ण जनतालाई अधिकार दिने अभियानमा लागेको पार्टी हो । तर, आºनै पार्टीका जनजातिलाई अधिकार दिनचाहि“ केको आपत्ति ? मैले वरिष्ठतम नेतालाई यही प्रश्न राखे“ । मेरो प्रश्नले उहा“लाई एकछिन गम्भीर बनायो । यद्यपि, त्यो त्यति गम्भीर प्रश्न थिएन । केही सोचेर उहा“ले भन्नुभयो, ‘हेर्नोस्, हामी कसैलाई पनि अधिकार दिन कन्जुस्याइ“ गर्दैनौ“ । तर, यो जनजातिको जो प्रश्न छ । त्यो सीधै माओवादीको एजेन्डा हो । माओवादी एजेन्डालाई हामीले किन पूरा गर्ने ?’ मैले भने“, ‘प्रश्न त तपाईंकै पार्टीका जनजाति नेताहरूले उठाइरहेका छन् । यसलाई कसरी माओवादी एजेन्डा भन्न मिल्छ कामरेड ?’ उहा“ अलिक तन्किनुभयो । स्वरमा अलि कडापन मिसाउ“दै भन्नुभयो, ‘एजेन्डा मात्र होइन, यो जनजाति भनेकै माओवादीको जाति हो । हाम्रो त यो जनजाति शब्दमै विरोध छ, बा“की कुरा छाड्नोस् ।’ ‘जनजाति शब्दमा किन विरोध कामरेड ?’ मैले चकित हु“दै सोधे“ । उहा“ले भन्नुभयो, ‘हेर्नोस्, यो ‘जनजाति’ शब्दमा जो ‘जन’ भन्ने शब्द छ नि त्यसैमा हाम्रो आपत्ति छ ।’ ‘किन ?’ ‘कुरा स्पष्ट छ । जहा“ ‘जन’ शब्द आउ“छ त्यो माओवादीको वंश भनेर बुझ्नोस् । माओवादीले युद्ध चलायो, त्यसमा ‘जन’ थपेर जनयुद्ध भनियो । जनयुद्धपछि आन्दोलन ग¥यो । त्यसलाई जनआन्दोलन भनियो । संविधानसभाको चुनावपछि सबैले संविधान बनाउने भने तर माओवादीले ‘जनसंविधान’ बनाउने भन्न थाल्यो । माओवादीको जनयुद्ध पनि असफल भयो, ६ दिन लामो जनविद्रोह पनि असफल भयो, त्यसपछि जनसंविधान पनि असफल भयो । जम्मै कुरा असफल भएपछि अब ‘जनजाति’ अगाडि ल्याइ“दै छ । त्यसैले जातिमाथि ‘जन’ थपिएबाटै प्रस्ट छ, यो जनजाति भनेको माओवादी जाति हो । त्यसैले यसमा हाम्रो विरोध छ ।’ ‘जनजाति’ बारे एमालेको विश्लेषण मलाई सटीक लाग्यो । तपाईंलाई नि ?

जाबो काम

देशको सबैभन्दा ठूलो पार्टी माओवादी फुट्ने हल्ला चलिरहेको धेरै भयो । तर, फुटेको भने अहिलेसम्म छैन । पार्टी फुटका लागि विभिन्नखाले प्रयास नभएका होइनन् । तर, ती कुनै पनि प्रयास सफल हुन भने सकिरहेको छैन । जनयुद्धकालमा माओवादीले धेरै कुरा फुटायो । कसैको टाउको, कसैको गाडी, कसैको घर । तर, जनयुद्ध सकिएपछि माओवादीको शक्ति यति छिन्न–भिन्न भयो कि अहिले ऊ आºनै एउटा पार्टी फुटाउन सकिरहेको छैन । पार्टी फुटाउन पूरा पार्टी नै लाग्दा पनि सफलता प्राप्त भएको छैन । यसले माओवादीको शक्ति र क्षमता दुवैमा प्रश्न जन्माइदिएको छ । जुन नेताहरूले जाबो आफ्नो एउटा पार्टी त फुटाउन सक्दैनन् भने अरू के सक्लान् ? वास्तवमा हो पनि । पार्टी फुटाउनु गाह्रो काम होइन । जोड्नु पो त गाह्रो काम हो तर यति सरल कामसम्म पनि गर्न नसक्ने पार्टीले देश बनाउने गाह्रो काम कसरी गर्न सक्ला ? वास्तवमा जनयुद्ध सकिएपछि माओवादी सा“च्चै कमजोर भएको रहेछ !

चुनाव र लगानी

केही अखबारमा समाचार पढ्न पाइयो अचेल बैंकमा सञ्चिती बढी र लगानी न्यून भएकाले समस्या आएको छ रे ! अर्थात् यतिबेला बैंकस“ग प्रशस्त पैसा छ तर लगानी गर्ने ठाउ“ छैन । उद्योग बन्ध छ । व्यापार ठप्प छ । विकास शून्य छ । लगानी गर्ने कहा“ ? यसै सन्दर्भमा म सम्झिरहेको छु, लगानीको एउटा नया“ क्षेत्र । नया“ मात्र होइन, यसलाई विल्कुल नया“ भन्नुपर्ला । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै मात्र मंसिर ७ गते चुनाव गर्ने घोषणा गर्नुभएको छ । मलाई लाग्छ यो चुनाव नै बैंकहरूको लगानी गर्ने एउटा नया“ क्षेत्र हुन सक्छ । किनभने चुनाव ६०१ सदस्यका लागि हु“दै छ । त्यसमा ३ सयजनाको प्रत्यक्ष मतदान हुन्छ । बैंकले यही मतदानमा भाग लिने उम्मेदवारमाथि लगानी गरे कसो होला ? ६०१ उम्मेदवारले ४ वर्षमा गर्ने कमाइ देखिहालियो, नौ अर्ब हुन्छ । आउ“दो संविधानसभामा यो अझ उच्च हुन सक्छ । चार वर्षमा नौ÷दश अर्बको कारोबार हुनु नराम्रो व्यवसाय होइन । अरू व्यवसायजस्तो यो डुब्ने पनि छैन । संविधानसभा आफ“ै डुब्न सक्छ तर लगानी डुब्दैन । के छ बैंकहरूको विचार ?

प्राप्त प्रतिक्रियाहरु ( 1 )
 
sushmita   [From: pokhara ] Says:
 
 
बडो सटिक र यथार्थ छ । माओवादीले ‘जनसंविधान’ बनाउने भन्न थाल्यो । माओवादीको जनयुद्ध पनि असफल भयो, ६ दिन लामो जनविद्रोह पनि असफल भयो, त्यसपछि जनसंविधान पनि असफल भयो । जम्मै कुरा असफल भएपछि अब ‘जनजाति’ अगाडि ल्याइ“दै छ । त्यो पनि हेराै ।
 
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान