गर्मी साह्रो बढ्यो हजुर तान्ने हो कि कोला, यसमा पनि लेदो भेटे के पो गर्ने होला, अखबारलाई निहुँ बन्छ लेख्न एक साता, विज्ञापन पाएपछि जोडिइहाल्ने नाता, त्यसपछि त लेदो पनि स्वाट्ट हराइ जान्छ, जनताको स्वास्थ्य हजुर, कसले चिन्ता मान्छ ?
निजी काममा ब्रहृमलुट !
आफन्तको बिहे भन्दै खसी बोका गन्दै, सरकारी गाडी तान्ने बन्यो तिम्रो धन्दै, किन देख्नुपर्या होला स्याङ्जामा यो गति, कहिले होला हाकिमहरूको सुध्री जाने मति, निजी काममा केलाई गर्छौ यस्तो ब्रहृमलुट, भट्टराई सरकार कहिलेसम्म दिन्छौ यिनलाई छुट
किरात राज्यका कुरा
किरात राज्यको माग गर्दै धरानमा देखिएका एक सहभागी ।
NC-UML leaders have criticized Maoist supremo Prachanda for his double role in instigating ethnic minorities to organize strikes and calling top party meetings in the name of addressing their demands on the very day of aggressive Banda, they have informed the latter that today"s meeting at Baluwatar has been boycotted. PM Baburam Bhattarai and Prachanda both have been blamed for mobilizing wife Hisila and finance minister Barshaman Pun Ananta for indefinite strikes.
काठमाडौं । पूर्वयुवराज पारस शाहको फेरि एकपटक परिवारस“ग सम्बन्ध बिग्रिएको छ । सुरुदेखि नै पत्नी हिमानीस“ग राम्रो सम्बन्ध नरहेका पारसको बीचको केही वर्ष भने दाम्पत्य जीवन ठीकैस“ग चलेको थियो । श्रीमतीस“ग मात्र होइन, पारसको सम्बन्ध परिवारका अन्य सदस्य विशेषगरी बुबा पूर्वराजा ज्ञानेन्द्रस“ग समेत हार्दिक छैन ।
काठमाडौं । आफ्नो पालामा संविधान बनेको देखाउन रातदिन बैठक बोलाउने, बैठकमा सहभागी हुन आएका अन्य दलका ठूला नेतालाई भुइ“तलामा रहेको बैठककक्षमा घन्टौ“ कुराएर आफूचाहि“ माथि बेडरुममै बसिरहने काम कसैले ग¥यो भने पहुना बनेर गएकाहरूलाई कति रिस उठ्ला ? त्यस्तै भयो बालुवाटारमा । हिजो मंगलबार बिहान आठ बजेका लागि प्रधानमन्त्री निवासमा ४ दलको शीर्ष बैठक बोलाइएको थियो ।
काठमाडौं । एउटा भव्य पार्टी चलिरहेको थियो, आर्मी अफिसरको विवाह भोज । समय सा“झको सात बजे । भोजमा सहभागी एकजना जर्नेलको मोबाइलमा घन्टी बज्यो । फोन उठाउ“दै जर्नेलको सहयोगीले जाहेर ग¥यो, ‘सर, लाइनमा बस्नुप¥यो, प्रधानमन्त्रीज्यू बोल्न खोज्दै हुनुहुन्छ ।’ फोन हातमा लिएर जर्नेलले ‘हेलो’ भनिसक्दा उताबाट आवाज आयो ‘म बाबुराम बोलेको ।’ जर्नेलले हतार–हतार ‘सलाम सर’ भने ।
काठमाडौं । शान्ति र संविधानका लागि भन्दै सरकारस“ग दुई करोड लिएर विवादको घेरामा तानिएका प्रचण्डपुत्र प्रकाशको टोलीले सम्भवतः एक साताभित्र सगरमाथाको शिखरमा पाइला टेकेको समाचार सुन्न पाइनेछ । त्यही बेला भारतीय सेनाको महिला टुकडीसमेत सगरमाथा पुग्नेछ । प्रकाश दाहालको टोली ७२ सय मिटरको उचाइमा रहेको क्याम्प थ्रीबाट आधारशिविरमा झरेर हिजो बिहान नाम्चेआसपास खाना खाइवरी पुनः शिखर आरोहणमा जुटेको छ ।
काठमाडौं । घरज्वाइ“लाई खानकै धन्दा भनेजस्तै देशैभर बन्द, तोडफोड भइरह“दा राष्ट्र बैंकले भने करोड रुपैया“ खर्च गरेर नेपालमा एउटा सम्मेलन तामझामका साथ आयोजना गरेको छ । तेहरानमा हेडक्वार्टर भएको एसियन क्लियरिङ युनियन (एसियु)को बैठक हरेकपटक इरानले आयोजना गर्दै आएको थियो तर यसपटक आणविक हतियारको विवादमा अमेरिका र युरोपले उसमाथि कडा प्रतिबन्ध लगाएपछि बैठक नेपालमा भएको हो ।
काठमाडौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने देश कुन हो भनेर कसैले प्रश्न ग¥यो भने नसोची फ्याट्ट जवाफ दिए हुन्छ– नेपाल । आफ्नो त्यही विशेषतालाई चरितार्थ गर्न राजदूतावास नै नखोली राजदूत नियुक्त गरेर अहिले पछुताउनुपर्ने अवस्थामा पुगेको छ, हाम्रो सरकार । नेपालले के–के न होला भनेर त्यो देशलाई प्राथमिकतामा राखेको थियो । तर, त्यत्रो महŒव दिइएको मुलुकले अहिले आएर विगतमा दिइ“दै आएको सानोतिनो सहयोगबाट समेत हात झिक्ने भएको छ । यसरी नेपालले ठूलै सहयोगको आस गरिरहेका बेला पूरै हात झिक्ने तयारीमा रहेको मुलुक हो– क्यानाडा ।
ललितपुर । शुक्रबार एकैपटक राजीनामा बुझाएका मन्त्रीहरू बिचल्लीमा परेका छन् । क्वार्टरमा बस्दै आएका १८ मध्ये पा“चजना पुनः मन्त्री बनेपछि अन्यलाई क्वार्टर छाडेर कहा“ बस्ने भन्ने पीडाले सताएको हो । आफन्त भएका र समयमै डेरा सुरक्षित राख्न सकेका केही मन्त्री सोमबार सरेका छन् । शनिबार र आइतबार बुद्ध जयन्तीको बिदासहित क्वार्टरभित्रै भेटघाट र भोज खाएर तिनले क्वार्टर छाडेका हुन् ।
काठमाडौं । एकछिनको रमाइलोले जिन्दगीभर पीडा हुन्छ, यस्तै मस्तीले सशस्त्र प्रहरी सेवामा प्रथम श्रेणीका हाकिमले जागिरबाटै हात धुनुपर्ने अवस्था आउन लागेको छ । प्रसंग हो, वैद्यनाथ बाहिनी अत्तरियाका सहायक बाहिनीपति एसएसपी रवि थापा क्षत्रीको ।
नेपाल प्रहरीमा डिआइजी विमला थापाका भाइ रविले शुक्रबार राति रमाइलोका लागि स्थानीय एक शिक्षिकालाई कोठैमा पुगेर जिस्क्याएका थिए, शिक्षिकाका पति पूर्वसुरक्षाकर्मी पनि हुन्, उनले यो विषयलाई महिला हिंसाका रूपमा ठूलै मुद्दा बनाए ।
काठमाडौं । सात प्रदेशकै निम्ति पहल गर्ने र भरसक मतदानमा नजाने निर्णय एमालेले गरेको थियो तर राज्यको पुनःसंरचना गर्ने क्रममा हात्तीवनमा भएका सहमति तोड्दै माओवादीले हठात् १० प्रदेशको प्रस्ताव अघि सारेपछि दलीय वार्तामा एमालेले १२ वटा प्रदेशको कुरा राख्यो । सातवटा प्रस्तावमै सहमति बन्नेमा एमाले ढुक्क थियो ।
काठमाडौं । दुःख–कष्ट सहेर हुर्काएको छोराबाट बुढेसकालमा सहाराको आशा गरिन्छ । तर त्यही छोरो कुपुत्र भएर निस्कियो भने डाँडापारिको घामको अवस्थामा पुगेका र बिरामीले थलिएका मातापिताको मन कत्ति कडिदो हो ! अहिले यस्तै मन दुखेको अवस्थामा छन्, पूर्वराजा ज्ञानेन्द्रका सम्धी खलक ।
काठमाडौं । सत्ता–शक्ति भन्ने पनि कस्तो हु“दोरहेछ भने, आºनो आङको भै“सी कसैले नखोजिदिने, अर्काको जुम्रा देखाएर आफू चोखिने । पहिला मिलेमतोमा लुकाइएका हतियार अहिले माओवादी संस्थापन पक्षले ‘वैद्यहरूले लुकाएको’ भन्दै प्रहरीलाई सुराक दिने गरेको छ ।
कैलालीको सुगरखाल गाविसस्थित भालुमारे जंगलमा ३१ चैतमा लुकाइएका हतियार भेटिएपछि संस्थापन पक्षले प्रहरीलाई सिरहा–उदयपुर खण्डको चुरे फा“टमा ‘वैद्य समूहले’ थप हतियार लुकाएको सुराक दिइसकेको छ ।
काठमाडौं । राजनीतिक दलको उच्च नेतृत्वमा रहेका पूर्वमन्त्रीदेखि छोरी करणी गर्नेसम्म गरी आठ हजार बन्दी अहिले नेपालका विभिन्न जेलमा छन् । तर, नेपालका जेलको कैदी राख्न सक्ने क्षमता भने तीन हजार पाँच सय मात्र हो । आफ्नो क्षमताभन्दा दोब्बर बढी कैदी धानिरहेको जेलको भौतिक अवस्थाको त झन् कुरै नगरौ“ ।
विराटनगर । एकीकृत नेकपा (माओवादी)भित्र दुईलाइन संघर्ष त पार्टी नीतिअनुसार चल्दै आएको हो । तर, मंगलबार विराटनगरमा विचारमा बाँडिएका कार्यकर्ताले एउटै विमानबाट ओर्लिएका दुई नेतालाई सँगै दुईलाइन भएर भव्य स्वागत गरेको नौलो दृश्य देखियो ।
मंगलबार १ मे विश्व मजदुर दिवसको अवसरमा हुने आमसभालाई संबोधन गर्न संस्थापन पक्षधर प्रधानमन्त्री डा. बाबुराम भट्टराई र दुहवीमा मे दिवसकै अवसरमा हुने उस्तै कार्यक्रममा बोल्न पोलिटब्युरो सदस्य हितमान शाक्य उही जहाजबाट आएका थिए ।
विराटनगर । फागुन २४ गते बिहान कांग्रेस सभापति सुशील कोइराला काठमाडांै फर्कने क्रममा विमानस्थलको भिआइपी कक्षमा पस्न नदिएको झोंकमा एक कार्यकर्ताले ढोकाको सिसा फोडे । प्रहरीले उनलाई तत्काल पक्रेर क्षति भरायो । जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार स्वागत गर्न जाने ११ जनाभन्दा बढीलाई भिआइपीकक्ष प्रवेशमा रोक लगाउन थालिएको छ ।
काठमाडौं । कुरा अघिल्लो मंगलबारको हो । शान्ति मन्त्रालयमा सबै दलका शीर्ष नेता भेला भए । नेतासगै कानुन मन्त्रालयका कर्मचारी पनि देखा परे । सबैले अनुमान गरे आजचाहि सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी छलफल टुंगिने भएछ । शीर्ष नेताहरू मन्त्रीको च्याम्बरमा छिरे । केही क्षणपछि गम्भीर मुद्रामा हलमा आए । अब छलफल होला भन्ने सबैले अपेक्षा गरेका थिए तर अचम्म भयो । एक्कासि नेताहरूले भने– ल आजै सेना समायोजनको कुरा टुंग्याउने ।
पहिचानको कुरा गर्दा त्यसलाई भावुकताको विषय हो भन्नेहरु पनि छन् तर पहिचान भावुक र अमूर्त विषय मात्र होइन । यसको अभावले मानिसको भौतिक जीवनमा पनि ठूलो असर परेको हुन्छ, परिरहेको छ । आदिवासी जनजाति, मधेसी समुदायले अहिले जो पहिचानको माग गरिरहेको छ, त्यो भाषा, जाति र संस्कृति बचाउने अभियानसँग मात्र सम्बन्धित छैन । पहिचानको यो सवाल जीवनस्तरसँग समेत सम्बन्धित छ । त्यसैले पहिचानको खोजलाई कोरा भावुकताको डब्बाभित्र कैद गर्नु उचित हुँदैन ।
कपुरथला, भारतको पन्जाब राज्यअन्तर्गतको नगर हो । भारत बेलायतको अधीनमा हु“दा यो छुट्टै राज्य थियो, जहा“ बेलायतले प्रत्यक्ष शासन चलाउ“थ्यो । निहाल सिंह त्यो जमानाका चर्चित राजा थिए । प्रधानमन्त्री थिए– नवाब गुलाम गिलानी । मन्त्री र सरकारी अधिकृत सबै उनीदेखि डराउ“थे । महाराजा आफै“ पनि प्रधानमन्त्रीसित सल्लाह नगरी कुनै काम गर्दैनथे । उनले जे गरे पनि त्यसमा कसैको रोकतोक ह“ुदैनथ्यो । उनी इटलीका बेनितो मुसोलिनी र भारतकै अर्को राज्य मैसुरका हैदर अलीले जत्तिकै जनतामाथि दबदबा कायम राख्थे ।
सन् १९७३ देखि १९७५ सम्म अमेरिकामा तहल्का मच्चाएको सिम्बोनियाज मुक्तिसेना (एसएलए) उग्रवामपन्थी सहरी छापामार संगठन हो । यो सोलेडाड जेलमा गठित 'अश्वेत सांस्कृतिक संगठन'को पछिल्लो रूप हो । दक्षिण अफि्कामा सक्रिय सहरी वामपन्थी छापामार संगठन उरुग्वेको टुपामारोस, पेरुको टुपाक अमारुलाई पछ्याउँदै यसको गठन भएको हो । यसको निर्देशक सिद्धान्तका निर्माता बिली ओल्फ हुन्, जसले सहरी छापामार संघर्षका सिद्धान्तकार रेगिस डेब्रेलाई पछ्याएका थिए । सिम्बोनियाज जीवशास्त्रअन्तर्गतको शब्द हो, जसको अर्थ हुन्छ- सहजीवन अर्थात् दुई पृथक जातिको जीन एकअर्कामा आश्रति भएर जिउनु । संगठनको प्रतिक सात टाउके सर्प हो ।...
असहमतिको सरकार
चार राजनीतिक शक्ति मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको छ । सहमति पा“चबु“दे थियो । योभन्दा अघि सातबु“दे सहमति । अहिले पा“चबु“दे भयो । जे होस्, बु“दा घट्दै छन् । यो राम्रो संकेत हो ।
असहमतिको सरकार
चार राजनीतिक शक्ति मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको छ । सहमति पा“चबु“दे थियो । योभन्दा अघि सातबु“दे सहमति । अहिले पा“चबु“दे भयो । जे होस्, बु“दा घट्दै छन् । यो राम्रो संकेत हो ।
बिहानले दिउँसोको संकेत गर्छ भनेजस्तै लडाकु हस्तान्तरणपछिका केही साता १४ जेठभित्र संविधान जारी होला–होलाजस्तो भए पनि पछिल्लो साता यो आशामा तुषारापात हुने संकेत देखा परेका छन् । राज्य पुनःसंरचना र प्रदेशको विभाजनमा अझैसम्म कुरा नमिल्नु र भूतले खाजा खाने बेलामा सरकार परिवर्तनको मुद्दाले एकाएक प्रवेश पाउनुले संविधान बन्छ या संविधानसभाको म्याद बढाइन्छ भन्ने द्विविधा उत्पन्न गराएको छ ।
गत महिना अमेरिका गई उतै पलायन भएकी नायिका युना उप्रेतीले अस्ति सोमबार त्यहीँ बस्दै आएका एक नेपाली युवकसँग विवाह गरेकी छन् । इलामका प्रेम चौलागाईंले घरकी श्रीमतीलाई जापान पठाई युनासँग पत्नीवत सम्बन्ध राख्दै लामो समय गुजारेका थिए । तर, प्रेमसँग खटपट परेसँगै उनी साँस्कृतिक कार्यक्रमको बहानामा अमेरिका गई उतै रहेकी थिइन् ।
चिनिएका कलाकारको टाउको देखाएर नेपालीलाई अमेरिका छिराउने धन्दा बढेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले वास्तविक कलाकारमाथि नै शंका गर्न थालिसकेको छ । तैपनि, मानव तस्करीको त्यो गिरोह सर्वसाधारणलाई ‘कलाकार’ बनाएर अमेरिका छिराउने धन्दामा सक्रिय छ ।
माछासँग पनि मनपरि
एक अमेरिकीले नौ महिनादेखि पोथी डल्फिन ‘माछा’सग सेक्स सम्बन्ध राख्दै आएको सत्यलाई स्विकारेका छन् । उनले आºनो पुस्तक ‘वेट गडेस’ मा सो कुरा उल्लेख गरेका हुन् । आफूले पालेको डल्फिन ‘रुबी’सित शारीरिक सम्बन्ध राख्दै आएका माल्कोम ब्रेनर राम्रा फोटोग्राफर हुन् । उनले रुबीले आºनो पाखुरामा बिस्तारै टोक्न थालेपछि उत्तेजित हुने गरेको बताएका छन् । ‘रुबीको खुट्टा निकै सेक्सी छ,’ भन्छन्, ‘रुबी एक्ली छन्, उनको यौन आकांक्षा मैले पूर्ति गर्ने गरेको छु ।’
जापानको ह्योगो प्रिफेक्चरअन्तर्गत होजोमाची रेल्वे स्टेसनमा दुई बादर स्टेसन मास्टर नियुक्त भएका छन् । बा“दर नेहिमेको उमेर सात महिना र अर्को राकेन तीन महिनाको छ । स्थानीय मेयरद्वारा नियुक्त ती बा“दरलाई नीलो पोसाक र टोपी लगाउन दिइएको छ । उनीहरूले नियुक्त भएकै दिनदेखि यात्रुलाई विशेष सेवा प्रदान गर्न थालेका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका करिब एक सय शिक्षकले कलेजमा उपस्थित नै नभई महिनाको हाजिरी एकैपटक लगाएर तलब खाइरहेका बेला आंगिक रत्नराज्य क्याम्पसका शिक्षक प्रज्वल चापागाईं सार्वजनिक बिदा बुद्ध जयन्तीको दिनसमेत विद्यार्थीलाई कलेजमा पढ्न बोलाइरहेका हुन्छन् । दशकदेखि करारमा पत्रकारिता अध्यापन गराइरहेका उनै शिक्षकले आºनै विद्यार्थीलाई प्राक्टिकल भन्दै कलेजबाहिर बोलाउँदा र ‘सेक्सी’ भनेर सामाजिक सञ्जाल फेसबुकमा लेख्दा झन्डै जागिरबाट हात धुनुपरेन ।
पल्टन भोजपुरमा हु“दा निमित्त गणपतिको नियुक्ति लिएर आएदेखि नै कालीध्वज गणका सिपाहीले नखाइ–नखाई जम्मा गरेको फन्डमाथि आफूखुसी हिनामिना गर्दै आएका हुन् तर हाल आएर उनको मनोमानी अचाक्ली बढेको छ । मेजर ह“ुदादेखि छिरेका गणपति भूपालमान अधिकारीले भव्य प्रमोसन पार्टी विराटनगरस्थित होटलमा दिएका हुन्, जसको चर्चा नेपाल आर्मीभरि छ । त्यो पार्टीमा खर्च भएको ३ लाख रुपैया“को बिल कालीध्वज गणको प्राइभेट फन्डबाट घटाइयो ।
१४ जेठमा संविधान जारी हुने या मुलुकमा अनिष्टका दिन सुरु हुनेमध्ये एकको अहिले प्रतीक्षा छ । आदिवासी जनजाति महासंघको संयोजकको जिम्मेवारीमा रहेका राजकुमार लेखीले नेकपा (एमाले)सगको २२ वर्षे सम्बद्धताबाट हालै आफूलाई अलग पारेका छन् र नेपाल नागरिक पार्टी गठन गरी अध्यक्ष बनेका छन् ।
दूइ साता पहिला भएको फ्रान्सको राष्ट्रपतिय चुनाबमा वामपन्थी उम्मेद्वार फ्रन्स्वा ओलन्दको शानदार बिजय भयो । जर्मनीकी चान्सलर मार्केला एन्जेलको नीति वरिपरी घुमिरहेको यूरोपलाई बामपन्थीहरुको यो जीतले नराम्रो सँग धक्का दिएको छ भने फ्रान्सेलीहरुमा ठूलो आशा र उत्साह जगाएको छ । राजनीतिक बिश्लेषकहरु भन्दैछन् ओलन्दको यो जित बामपन्थीहरुको जीत होइन । यो जीत भनेको आर्थिक सँकटको भूमरीमा फँसेको फ्रान्स र पूर्व राष्ट्रपति निकोला सार्कोजीका नीतिहरुले लादेको बितृष्णा बिरुद्दको मत हो ।
मधेसी नेताहरूको राजनीति सा“घुरि“दै छ । जनता जति जागरूक हु“दै छन् त्यति धेरै राष्ट्रप्रति ममत्व र सरकारी मधेसी नेतास“गको दूरी बढ्दै छ । मुद्दालाई टेकेर सत्ता मात्र खोजी बस्ने मधेसी नेताहरूले समग्रमा मधेस मुद्दालाई सत्ता समीकरणको प्रवेशपत्रका रूपमा प्रयोग गरिरहेका छन् । आज मधेसी नेतृत्वस“ग सिंहदरबारको कुर्सी र आफ“ैले गरेको कागजी सम्झौताबाहेक केही छैन । मधेसी जनता प्रस्ट भइसके कि उनका ठेकेदारहरू कसका निमित्त र किन राजनीति गर्दै छन् ?
मधेसी दल अवसर (सत्ता) र पैसाका निम्ति मात्रै फुट्छन् भन्ने कुरा दोहो¥याइरहनु नपर्ला । पार्टी फुटाएर सिंहदरबार छिर्नेहरूको भीडमा सच्चा मधेसवादी नेता तथा कार्यकर्ताचाहिँ असजिलो अनुभव गर्दै छन् । मिलेर चुनाव जित्ने र फुटेर सत्ता प्राप्त गर्ने चरित्रकै कारण आज सबै मधेसी दल र मधेस मुद्दा कमजोर हुदै गएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) समानुपातिक र समावेशी प्रणालीको पक्षमा रहेका छैनन् । त्यसो त उनीहरू सधैँ संविधानसभाकै विरुद्धमा थिए र बाध्यतावश पक्षमा आएका हुन् । पछिल्लो अवधिमा माओवादी नेता प्रचण्ड र बाबुरामसमेत समानुपातिक र समावेशीविरुद्ध रहेको देखिन्छ । उनीहरू संघीय संरचना निर्माण गर्दा पहिचानको प्रश्नलाई अस्वीकार गरेर कांग्रेसको प्रस्तावअनुसार केवल सामथ्र्यका आधारमा संघीयतामा जाँदै छन् ।
कुनै पनि मुलुकको राज्यसत्ता सञ्चालनमा नियन्त्रण र पर्यवेक्षण (चेक एन्ड ब्यालेन्स) संयन्त्रको व्यवस्था गरिएको हुन्छ । यी दुई शब्दको नाममा गरिएको कार्यसम्पादनले मुलुकका महŒवपूर्ण आयोजनाको कार्यान्वयनमा अनावश्यक ढिलाइ भयो भने सुशासनका निम्ति राम्रो लक्षण मान्न सकिन्न । नेपाल वायुसेवा निगमले जाबो दुईवटा जेट विमान खरिद गर्न करिब तीन वर्ष पाँच महिना पहिले प्रक्रिया सुरु गरेकोमा आजको दिनसम्म मुलुकमा नयाँ विमान भित्रने अत्तोपत्तो छैन ।
मर्नु र बाँच्नु यो कस्तो खेल रहेछ जिन्दगीमा, मानिस किन जीवनसँग हार खान्छ ? किन आफ्नै जिन्दगीलाई घृणा गर्छ ? किन आफ्नो जीवनलाई अर्थहीन मान्छ ? किन यो संसार स्वार्थी छ ? किन आँशु बग्छ आँखामा ? हरेक चोट सहने क्षमता किन नारीलाई मात्र हुन्छ ? भगवान पनि कति निर्दयी हुँदो रहेछ ? हो, यस्ता हरेक प्रश्न मेरो मनमा उब्जिरहन्छ, प्रश्नमाथि प्रश्न खडा हुन्छ, जिन्दगीसँग नै हार खाइसकेको छु मैले । खै कहाँबाट सुरु गरौं आफ्नो मनको पीडालाई ।
महिलाका नाममा अधिकारका कुरा गर्ने, आत्मसम्मान र आरक्षणका कुरा गर्ने, तर ती सबै नारालाई दुरुपयोग गर्दै अर्कै कुरामा फाइदा उठाउने गर्दारहेछन्, कोहीकोहीले त । ‘राष्ट्रको प्रतिनिधित्व’ का नाममा आफ्नो मज्जा र भड्किलो चाहना पूरा गराउने पंक्तिका केही महिलामा पर्छिन् ओमदेवी मल्ल जोशी ।